अछाम, २१ चैत । स्थानीय महिलामा आएको जनजागरणसँगै जिल्लामा छाउपडी गोठ भत्काइदै छन् । मेल्लेख–७ नन्देगडामा महिलाकै सक्रियतामा यस्ता गोठ भत्काइएको छ ।

गाउँ–गाउँमा महिनावारी हुँदा बस्नका लागि घरदेखि टाढा एकान्तमा यस्ता गोठ देख्न सकिन्छ ।

कतिपय गाउँका यस्ता गोठ भत्काइसकिएको छ भने कतिपय गाउँमा भत्काउनका लागि मतो मिलाउने काम भइरहेको छ ।

महिनावारी भएका बेला घरदेखि टाढा बस्नु ठिक नहुने निष्कर्षसहित निकाल्दै मेल्लेख गाउँपालिका ७ नन्देगडाको दुपाल्त टोलका महिलाले छाउपडी गोठ भत्काएका छन् ।

बढी स्याहारसुसार चाहिनुपर्ने महिनावारीका बेला गोठमा बस्नुपर्दा ज्यानसमेत गुमाउने र विभिन्न खाले हिंसा सहनु परेकाले गाँउका यस्ता गोठ भत्काएर महिनावारीमा घरमै बस्न थालेको स्थानीय अगुवा पुतलीदेवी खत्रीले बताइन् । नागरिक दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार