काठमाडौं २५ चैत । राजधानीमै कर्णालीको सभ्यतासहित कला, संस्कृति, सम्पदा एकसाथ हेर्न पाइने भएको छ। भक्तपुरको पलाँसेस्थित काठमाडौं फन भ्यालीभित्र ‘कर्नाली ढुकुरी’ संग्रहालय सञ्चालनमा आएपछि राजधानीमै बसेर कर्णालीको अवलोकन गर्न पाइने भएको हो।
कर्णाली अञ्चलका दुई सय ७८ वर्ष पुराना सम्पदा र दक्षिण एसियाली देशका यस्तै संस्कृति, सभ्यता र सम्पदालाई समेटेर संग्रहालय सञ्चालन गरिएको छ। करिब १५ वर्षको प्रयासपछि यो संग्रहालय स्थापना भएको हो।
‘उत्तरी थाइल्यान्डमा पाँच हजार वर्षअघिको संस्कृति र सभ्यता विकसित हुँदै भुटान पुगेको र मानव सभ्यताको विकास हुने क्रममा तिब्बत हुँदै हुम्ला जुम्लामा खस सभ्यताका रूपमा कणाली अञ्चलभर पुगेको हो’, अनुसन्धानमा पाएको जानकारी दिँदै संग्रहालयका परिकल्पनाकार एवं सञ्चालक गोविन्द नेपालीले अन्नपूर्णलाई बताए।
जुम्लाको चन्दननाथ नगरपालिका–२ का गोविन्द नेपालीले त्रिभुवन विश्वविद्यालयबाट ‘सोसियो कल्चरल एसेट्स अफ दलित फर सस्टेनेबल डेभलपमेन्ट इन नेपाल’ विषयमा विद्यावारिधि गर्ने क्रममा संकलन गरेका सामग्रीलाई संग्रहालयमा राखिएको छ।
संग्रहालयमा कर्णालीका जिल्लाका साथै दक्षिण अफगानिस्तान, भुटान, इन्डोनेसिया, पाकिस्तान, भियतनाम र भारतका पनि यस्ता बहुमूल्य संस्कृति, सभ्यता र सम्पदा राखिएको छ। यसै सातादेखि सञ्चालनमा आएको उक्त संग्रहालयमार्फत कर्णालीको कला, संस्कृति, सभ्यता र सम्पदालाई विश्वभर चिनाउने मुख्य लक्ष्य राखिएको छ।
‘संग्रहालयले राजधानीमै कर्णालीको कला, संस्कृति, सम्पदा र सभ्यता र यो दक्षिण एसियाका देशसँग कसरी जोडिएको छ भन्ने जानकारी दिन्छ’, उनले भने, ‘काठमाडौं फन भ्याली घुम्न आउने नयाँ युवा पुस्ता र विदेशीलाई पनि संग्रहालय सहज हुने भएकाले आफूले गरेको अनुसन्धानलाई प्रयोगमा ल्याएको हुँ।’
नेपालीका अनुसार संग्रहालयमा राखिएको लडाइँका बेला आत्मसुरक्षाका लागि योद्धाहरूले प्रयोग गर्ने छालाबाट बनेको ‘रैटा’ (ढाल) दुई सय ७८ वर्ष पुरानो सम्पदा हो। हस्तकलाबाट तामामा बनाएको वनझाँक्रीको आकृतिमा कोरिएको ‘गडुवा’ दुई सय ४५ वर्ष पुरानो हो। पुरानो तामाको चन्द्रमुखी कचौरामा सुनको शंख आकारमा सूर्यमुखी कला कुँदेर निर्माण गरिएको ‘ढिकुर’ एक सय ६३ वर्ष पुरानो हो।
संग्रहालयमा भुटानका १६, भियतनामका २६, भारतका ३०, उत्तरी थाइल्यान्डका १५, इन्डोनेसिया र अफगानिस्तानका एक÷एक दर्जन बढी र कर्णालीका समेत गरी दुई सय ५० ऐतिहासिक तस्बिर संगृहीत छन्।
नेपालीको एकल प्रयास र लगानीमा स्थापना गरिएको संग्रहालयबाट हुने आम्दानीको १५ प्रतिशत रकम कर्णालीका विपन्न बालबालिकाको शिक्षामा खर्च हुनेछ। अन्नपूर्णपोष्टबाट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




