१३ मे, टोकियो । नेपाली चलचित्र ‘सायद २’ ले जापानमा पहिलो रेड-कार्पेट प्रिमियर सो गर्ने भएको छ । ‘सायद-२’ को जापान प्रिमियरका बारेमा,निर्माण तथा प्रदर्शन टिमले शुक्रबार टोकियोमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । पत्रकार सम्मेलन मा आइतबार प्रदर्शन हुने सो चलचित्रका निर्माताहरु निर्माता सुनिल रावल,इश्वर श्रेष्ठ,सुबास लामिछाने,अभिनेता सुशिल श्रेष्ठ श्याम अर्याल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै निर्माता सुनिल रावलले नेपाली चलचित्र अन्तराष्ट्रिय स्तरमा प्रदर्शन हुनपाउनु नेपाली चलचित्रको ‘शुभदिन’को सुरुवात भएको बताए । नेपालमा हिन्दी चलचित्र संग नेपाली चलचित्रले प्रतिश्पर्धा गर्नु पर्ने अबस्था भए पनि नेपाली चलचित्रको गुणस्तर भने बढेको बताए । रावलले भने -‘ यो चलचित्र बिदेशमा प्रदर्शन हुनु हाम्रो गुणस्तर बढेको प्रमाण हो ।’
दुर्गिस फिल्मस्को व्यानरमा निर्मित यस चलचित्रमा सुशिल श्रेष्ठ, सरोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावल, सुशिल सिटौला, निशा कार्की, रुविना कार्की, वुद्धिलाल मगरको मुख्य भूमिका छ । पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा राजविक्रम थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द, गोविन्द राई र विक्रम स्वारको कोरियोग्राफी छ ।
सायद-२ को पहिलो प्रिमियर जापानमा गर्न लागेको जनाउँदै जापानबासी सम्पूर्ण नेपालीहरु लाई रेड-कार्पेटमा स्वागत गरिने जानकारी दिए । यही मे १४ तारिख नाकानो जिरो हलमा गरिने प्रिमियर शोका लागि चलचित्रका निर्माता सुनिल रावल, अभिनेता सुशिल श्रेष्ठ, सञ्चारकर्मीद्वय श्याम अर्याल र सचित खड्का केहिदिन अघि जापान आएका हुन् ।
माओबादी द्वन्दले ओरालो लागेको चलचित्र क्षेत्र बल्ल उकालो लाग्यो
पत्रकार सम्मेलनमा निर्माता रावलले माओबादी द्वन्दकालमा सम्पूर्ण चलचित्र हलहरु भत्काइदिएका कारण बर्षौं प्रभावित भएको बताए । उनके भने,-‘पहिले गाउँ-गाउँमा हल थिए १६५ ठाउँमा प्रदर्शन हुन्थे, अहिले ६०-६५ मै सिमित छन तर पनि गुणस्तरीय चलचित्र बनिरहेको छ , यो खुसीको क़ुरा हो । ‘ अहिले समयानुसार , प्रविधि र प्राविधिकरुपले पनि चलचित्र क्षेत्र बलियो बन्दै आएको उनले ठहर छ ।
प्रिमियर शोबाट उठेको रकम समाज सेवामा
सायद-२ को प्रिमियर शोबाट उठेको रकम सुदूरपश्चिमका जेहेन्दार विद्यार्थीको छात्रवृत्तिको लागि सहयोग गरिने निर्माता श्रेष्ठले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




