काठमाडौं, ७ बैशाख । युवतीको विषयलाई लिएर विवाद हुँदा काठमाडौंको शान्तिगरस्थित बाग्मती करिडोरमा दुई पक्षबीच खुकुरी प्रहार भएको छ ।
शान्तिनगर बस्दै आएका निमेश उप्रेती समुहले अर्को समुहमाथि खुकुरी प्रहार गर्दा तीन जना घाईते भएका छन् ।
काठमाडौं महानगरपालिका–३१ शान्तिनगर स्थित बाग्मती करिडोरमा खुकुरी प्रहारका कारण सुनसरी स्थायी घर भएका देवश चौधरी, रामेछापका बिजन बुढाथोकी र नवलपरासिका मिराज शर्मा घाईते भएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवी पौडेलले बताएका छन् ।
‘खुकुरी प्रहार गर्ने कार्यमा संलग्न ५ जनालाई हामीले नियन्त्रणमा लिएका छौं’ बानेश्वर वृतका डिएसपी पौडेलले भने, ‘ज्यान मार्ने उद्योगमा म्याद लिएर अनुसन्धान गरिरहेका छौं ।’ घटनामा संलग्न सप्तरी स्थायी घर भई हाल लाजिम्पाट बस्दै आएका सतिश यादव, रौतहटका सौरभ चोवो, सर्लाहीका सुनिल कुमार झा, सप्तरीका पवन भण्डारी र सिराहा स्थायी घर भई शान्तिनगर बस्दै आएका १८ बर्षिय निमेश उप्रेती पक्राउ परेका छन् । प्रहरीका अनुसार उप्रेतीले खुकुरी प्रहार गरेका थिए । घटनामा संलग्न पर्सा स्थायी घर भई शान्तिनगर बस्दै आएका १९ बर्षीय सारंसविक्रम कण्ठ फरार भएका छन् ।
खुकुरी प्रहारका कारण घाईते देवश चौधरीको ट्रमा सेन्टरमा उपचार भइरहेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




