काठमाडौं, ८ बैशाख । नेपालका अधिकांश भूभागमा ‘थ्रीजी’ सेवा पुगे पनि सीमित ठाउँमा मात्रै ’फोरजी’ पुगेको छ ।‘फोर जी’ सेवा पुर्याउन नेपालमा कठिनाइ भइरहँदा यसपछिको मोबाइल प्रविधिको अनुसन्धान विकासमा भने केही देश जोडतोडले लागेका छन् ।

केही मुलुक, टेलिकम सेवा प्रदायक र यससँग सम्बन्धित उपकरण उत्पादक कम्पनीहरुले यसको विकासमा ठूलो लगानी र समय खर्चिरहेका छन् । सम्भवतः यही बर्ष, नभए आगामी बर्ष यी मध्ये केहीले ’फाइभ जी’ प्रविधिको व्यवसायिक प्रयोग सुरु गर्नेछन् ।

यसको सर्वसुलभताले ताररहित इन्टरनेट प्रविधिमा ठूलो फड्को मार्न सक्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ । सन् २०२० सम्ममा सर्वसुलभ बन्ने अनुमान गरिएको यो प्रविधि सुन् २०१८ र २०१९ मा केही मुलुकमा उपलब्ध हुने अनुमान छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार