चैनपुर, १५ बैशाख । बहुमूल्य बुटी यार्सागुम्बा टिप्ने सिजनको सुरुवातमै यस बर्ष जिल्लाको साइपाल गाउँपालिका ३ का २० बर्षीय भीमबहादुर बोहराको हिमाली क्षेत्र फराल खेतमा हिउँले पुरिएर यसै साता मृत्यु भयो ।

यसपालि यार्सा टिप्न जादा ज्यान गुमाउने उनी पहिलो हुन् ।
आठ नौ बर्षको उमेरमा अभिभावकहरुसँग यार्सा टिप्न गइरहने बोहरा यार्सा पाइने ठाउँमा हेरफेर गर्न जाँदा हिमपहिरोले पुरिएपछि बितेका हुन् ।

घरको एक्लो छोराको मृत्युपछि परिवार शोकाकुल बनेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
यार्सा टिप्ने सिजनमा बर्सेनि २÷४ जना मान्छेको ज्यान जानु यहाँका मानिसका लागि समान्य नै भइसकेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार