गोयाङ । दुई कोरियाको सीमा क्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ अन तथा दक्षिणका राष्ट्रपति मुन जे इनले कोरियाली प्रायद्वीपलाई परमाणु अस्त्र मुक्त पार्न काम गर्ने बाचा गरेका छन् ।
सन् १९५३ मा युद्धविराममा टुंगिएको कोरियाली युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने एक शान्ति सन्धि यसै वर्ष गरिसक्ने सहमति पनि दुई नेताले गरेका छन् ।
केही महिनाअघिको वाकयुद्धको स्थितिपश्चात् अहिले दुई देशबीच वार्ताको अवस्था आइपुगेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
शान्तिको आकांक्षा
वार्तापश्चात् बोल्दै किम जङ उनले दुई कोरियाले झगडा गर्नुपर्ने कुनै कारण नरहेको भन्दै शान्तिप्रतिको चाहना दर्शाए । उनले दुवै देश एक हुनुपर्ने भने तर आफ्नो देशको अस्त्र विकासबारे केही बोलेनन् । दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले ले दुवै जनाले कोरियाली प्रायद्वीपको पूर्ण परमाणु निःशस्त्रीकरणमा प्रतिबद्धता जनाएको बताए ।
त्यस्तो निःशस्त्रीकरणका विस्तृत विवरण दिइएको छैन । कतिपय विश्लेषकले अझै पनि उत्तर कोरियाको प्रतिबद्धताप्रति शंका व्यक्त गरेका छन्। वार्ता दुवै कोरियाबीचको सम्बन्धमा महिनौंदेखि भइरहेको सुधारको नतिजा हो ।
किमले अघिल्लो साता केही समयका लागि परमाणु परीक्षण स्थगित गर्ने घोषणा गरेका थिए। दुई कोरियाली नेताको बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे(इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनसहितको दुवै देशका नेताले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्बन्धलाई थप मजबुद बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




