काठमाडौँ, जेठ १ – मुचुल्कामा उल्लेख भएको भन्दा मत बढी देखिएपछि पत्र भेटिएपछि रोकिएको काठमाडौँ महानगरको मतगणना पुनः शुरु भएको छ ।

काठमाडौँ महानगरको वडा नम्बर १ मा कुल मतदाता ३१६० रहेकोमा २३३२ मत खसेको थियो । तर, मतपेटिकामा त्योभन्दा बढी मतपत्र भेटिएपछि मतदान केही बेर स्थगित भएको थियो ।

तर, अहिले फेरि मतगणना सुचारु भएको छ ।

झण्डै दुई बज्न लाग्दा शुरु भएको हो ।

 

काठमाडौं महानगरपालिकाका १६९ पदका लागि ८६७ को उम्मेदवारी परेको छ ।

प्रमुखमा २८, उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको काठमाडौमा एमाले राप्रपा गठबन्धन बनेको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार