टोकियो । सुचना प्रविधि विज्ञ एवं अनुसन्धानविद् डा. महावीर पुन जापानमा पुरस्कृत भएका छन् ।

पुनलाई ‘वर्ल्ड टेलिकम्युनिकेशन तथा  ईन्फर्मेशनसोसाईटी डे’को अवशरमा  विहिबार अन्तराष्ट्रीय  टेलिकम्युनिकेशन युनियन जापानको आयोजनामा  टोकियोमा भएको ग्लोबल  समिटमा पुरस्कृत गरिएको  हो । पुन, नेपालमा कम्युनिकेशनको क्षेत्रमा नयॉ खोज एवं सफलतापूर्वक उपलब्धिहरु हासिल गरेको भन्दै ITU-Aj award द्दारा सम्मानित भएका हुन् ।

उनि यसअघि पनि, नेपालको ग्रामिण क्षेत्रमा ईन्टरनेटको विस्तार र दुर्गम क्षेत्रमा प्रविधिको माध्यमबाट विकास एवं स्थानिय मानिसहरुको जिवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरी दक्षिण एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे लगायत अन्य थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरुद्वारा सम्मानित  भईसकेका छन् ।

 

पत्रकार महासंघद्वारा पुनसँग अन्तर्कृया गर्ने
नेपाल पत्रकार महासघ जापानले यहि १८ तारिख  शुक्रवार  दिनको १२ देखि २ बजे सम्म उनको  कृयाशिलता र  आविष्कार केन्द्रको बारेमा पत्रकार भेटधाट आयोजन गरेको छ । उक्त भेटघाट तथा अन्तर्कृयामा सहभागिताको लागि  सम्पुर्ण सञ्चारकर्मीहरुलाई  अनुरोध गरिएको छ ।

मिती मे १८ तारिख, शुक्रबार

स्थान – सोलमारी हल, सिनओकुबो, टोकियो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार