भेटिकन सिटी, ४ जेठ । चिलीका चर्चहरूमा बालबालिकामाथिको यौन दुब्र्यबहार प्रकरणलाई लिएर यहाँका सवै क्रिश्चियन धर्मगुरूले राजिनामा दिएका चिलीका पादरीहरूका प्रवक्ताले बताएका छन् ।
चिलीको चर्चमा बालयौन दुराचारका कुराले विश्वभर चर्च र क्रिश्चियन धर्मगुरूबारे नकारात्मक सन्देश फैलिएपछि यसको समाधानका लागि भन्दै चिलीका ३४ धर्मगुरूले पोप फ्रान्सिससमक्ष राजिनामा दिएका प्रवक्ताले बताए । उनीहरूले पोपसँगको तीन दिन लामो छलफलपछि राजिनामा दिन सहमत भएका हुन् ।

प्रवक्ताद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “रोममा रहेका हामी सवै धर्मगुरूले धर्मपिता पोपसमक्ष राजिनामा पेश गरेका छौँ । यसबाट उहाँलाई हामीमाथि छानविन गर्न सजिलो हुनेमा हामी पूर्ण विश्वस्त छौँ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार