नवलपरासी, २२ जेठ । नवलपरासीमा हेडमास्टरमाथि सुन पाउने अन्धविश्वासमा छिमेकी महिलालाई बली दिने प्रयास गरेको आरोप लागेको छ ।
नवलपरासीको प्रतापपुर गाउँपालिका ३, अमुवास्थित न्यू गोल्डेन लाइफ इंग्लिस स्कुलका संचालक तथा प्रिन्सिपल हरेन्द्र शर्मामाथि छिमेकी फूलमती मुसहरलाई बली दिने प्रयास गरेको आरोप लागेको हो ।
यसका लागि उनले विद्यालय परिसरभित्रै ४ फिट गहिरो डेढ फिट लम्बाई र चौडाईको खाल्डो खनेका थिए । पीडित महिलाले भागेर ज्यान जोगाएको स्थानीयले बताएका छन् ।
घटना जेठ १८ गते शुक्रबार रातिको हो । शर्माले धामी बोलाएर स्कुलको प्राङ्गण अगाडि रहेको टहरोमा करिब ४ फिट गहिरो खाल्डो खनेर विशेष पूजा गरेका थिए । लगत्तै, स्कुलमा कार्यरत फूलमतीका देवर–देउरानीको सहयोगमा फूलमतीलाई राति १२ बजे त्यहाँ र्पुयाएका थिए ।
पूजा गरिरहेको स्थानमा गहिरो खाल्डो र धारिलो हतियार देखेपछि फूलमती भागेर छिमेकीको घरमा पुगेकी थिइन् । स्थानीयले खबर गरेपछि राति २ बजे इलाका प्रहरी कार्यालय, समेमरीको टोली पुग्दा खाडल देखेको र पूजाआजा गरेको पाइएको प्रहरी नायब निरीक्षक झलक श्रेष्ठले जानकारी दिए ।
धामी कृष्ण प्याकुरेलले त्यहाँ मानव हड्डी भेटिएको र मानव बली दिए सुन पाइने बताएको र त्यसअनुसार हेडमास्टर हरेन्द्रले बली दिन खोजेको स्थानीयको दाबी छ ।
हेडमास्टर हरेन्द्रले भने लामो समयदेखि बिरामी रहेको आफ्नो श्रीमतीको पनि धामीले झारफुक गर्दा सञ्चो भएकाले फूलमतीलाई पनि ल्याएको दाबी गरेका छन् ।
तर, फूलमतीलाई यसबारे कुनै जानकारी थिएन । साथै, फुलमतीको परिवारसँग देवर पञ्चराम र देउरानी चन्दाको बोलचाल समेत नरहेको र शुक्रबार राति जबरजस्ती पूजा स्थलमा लगेकालले घटना शंकास्पद भएको छ ।
जेठ १९ गते स्थानीय बसेर झैझगडा भन्दै घटनालााई गाउँमा नै मिलाउने प्रयास गरेका छन् ।
तर, घटनाबारे गाउँमा हल्ला फैलिएपछि हरेन्द्रले फुलकुमारीलाई यसका कारण विद्यालयमा असर पुगे ठीक नहुने भन्दै धम्याएका छन् । यसबारे फुलमतीले सोमबार ईलाका प्रहरी कार्यालय, सेमरीमा निवेदन समेत दिएकी छन् ।
तर, प्रहरीले पनि घटनाको छानविन गरी दोषीलाई कारबाही गर्नुको साटो मिलापत्र गरेर पठाएको छ । स्थानीय भद्रभलाद्मीको रोहवतमा दुबै पक्षलाई बोलाएर आपसी झैझगडा नगर्ने र कुनै पनि निकायमा उजुरबाजुर गर्न नपाउने सहमति जुटाइएको ईलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नायब निरीक्षक श्रेष्ठले बताए ।
प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




