काठमाडौं, २६ जेठ । स्वास्थ्य समस्या भोगिरहेको डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिर रहेको न्युरो अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बसन्त देवकोटाले बताएका छन् ।
डाक्टर देवकोटाको अनुसार डा. उपेन्द्रलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । तर डा. देवकोटालाई अहिले पनि आईसीयुमै राखिएको छ छ । पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको काठमाडौंको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनलाई बेलाबेलामा रोगले च्याप्ने र बेलाबेलामा सुधार भएको जस्तो देखिने गरेको छ । तर, शुक्रबार बेलुकीदेखि उनीबारे अप्रिय कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि परिवार पीडामा छ ।

न्यूरो अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै देवकोटाबारे सामाजिक सञ्जालहरुमा सम्प्रेषित खबरमा कुनै सत्यता नरहेको र उनको अहिले सघन उपचार भइरहेको प्रष्ट पारेको छ ।
क्यान्सरबाट पीडित उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिर रहेको उनकी श्रीमती मधुले बताएकी छन् । गए राति अचानक उनीबारे अप्रिय हल्ला फैलिएपछि
डा. देवकोटाकी श्रीमती मधुले उहाँ हामीसँगै हुनुहुन्छ । राति जे जस्तो हल्ला फैलियो त्यो सत्य नभएको स्पष्ट पारिन् ।
पित्तथैलीमा समस्या आएपछि पाँच महिनाअघि देवकोटा बेलायतमा उपचार गर्न गएका थिए । क्यान्सर पुष्टि भएपछि नेपालमै उपचार गर्ने इच्छा व्यक्त गर्दै गत वैशाखमा उनी नेपाल फर्किएका थिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार