५ जेठ, काठमाडौं

प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय निकायको पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा नेकपा एमालेले १०० सिट जित्न सफल भएको छ । एमालेले काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयर र उपमेयर जितेपछि जितेका स्थानीय तहको संख्या शतक पुगेको हो ।
एमालेको लागि कीर्तिपुरको मेयरमा रमेश महर्जन विजयी भएका हुन, उनले ७ हजार ३६० मत पाए भने उपमेयरमा सरस्वती खड्का ७ हजार ६१४ मतसहित विजयी भइन् ।

प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहका लागि भएको निर्वाचनको जारी मत परिणाममा एमाले अगाडि छ । उसलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ ।

शुक्रबार साँझ ७ बजेसम्म एमालेले १०२ स्थानीय तहमा जितेको छ । जसमा सबैभन्दा धेरै प्रदेश नम्बर ३ मा छ ।

यहाँ उसले ४४ स्थानीय तह जितेको छ । काठमाडौं, ललितपुर र भारतपुर महानगरसहित अझै केही स्थानीय तहको मत गणना चलिरहेको छ ।

यसैगरी प्रदेश नम्बर ४ नम्बरमा एमाले दोस्रो हुने देखिएको छ । त्यहाँ उसले २४ सिट जितिसकेको छ भने गणना भइरहेको केहीमा अग्रता लिएको छ ।

प्रदेश नम्बर ६ मा उसले २४ स्थानीय तह जितेको छ ।

कांग्रेस पछ्याउँदै

२ सय ८३ स्थानीय तहको मत परिणाम आएको छ । र, कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । कांग्रेसले अहिलेसम्म ९५ स्थानीय तह जितेको छ ।
कांग्रेस प्रदेश नम्बर ४ मा पहिलो बन्ने सम्भावना छ । तर, प्रदेश नम्बर ३ मा भने एमाले भन्दा एमाले भन्दा निकै पछाडि परेको छ ।

माओवादीले भने ४५ सिट जितेको छ । उसले धेरै सिट प्रदेश नम्बर ६ मा जितेको छ । नयॉ शक्ति एक, राष्टिय प्रजातन्त्र पार्टिले एक स्थान र अन्यले ४ स्थानमा जित हात पारेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार