United Nations police, from Nepal, attend an end of operations ceremony for the United Nations Stabilisation Mission in Port-au-Prince, Haiti, on Thursday, October 5, 2017. The UN peacekeeping mission in Haiti is coming to an official end on October 15. Immediately afterward, the UN will start a new mission made up of international civilian police officers and civilians.

काठमाडौं, ७ असार । नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा महिला प्रहरीको संख्या उल्लेख्य मात्रामा बढाउने भएको छ । हाल दुवै प्रहरी संगठनबाट न्यून मात्रामा महिला प्रहरी पठाइने गरेकोमा दुई वर्षपछि अर्थात् सन् २०२० सम्म २० प्रतिशत अनिवार्य रुपले पठाउनु पर्नेछ ।

राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको दोस्रो सम्मेलन २०१८ मा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रसंघको उच्च अधिकारीसँगको भेटमा सन् २०२० सम्म २० प्रतिशत महिला प्रहरी पठाउने प्रतिबद्धतासमेत जनाएको राजधानी दैनिकमा खबर छ । शान्ति मिसनमा महिला प्रहरीको संख्या बढाउने राष्ट्र संघको नीति नै हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार