Dr govinda kc continues his hunger strike on 17th day also at teaching hospital demanding reform in the medical education in teaching hjospital Kathmandu on Wednesday, August 9, 2017 Photo: keshab thoker/Nagarik/republica

जुम्ला, ३१ असार । जुम्लामा पन्ध्र दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीले औषधि प्रयोग गर्न नमान्दा उनलाई विभिन्न स्वास्थ्य समस्याले च्याप्दै लगेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

डा. केसीले औषधि लिएर अनशनमा बस्नुको कुनै अर्थ रहेन भन्दै स्वास्थ्य अवस्था गम्भीर भए पनि औषधि लिन नमानेका हुन् ।

डा. केसीलाई उधृत गर्दै उपचारमा संलग्नक डा. पुजन रोकायाले भने, औषधि लिएर अनशन बस्नुको के अर्थ ?

शरिरमा ग्लुकोजको मात्रा निकै कम रहेकाले डा. केसीको मस्तिष्कमा समेत समस्या बढ्दै गएको आजको नागरिक दैनिकमा यो खबर छापिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार