काठमाडौं, ३२ असार । विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य हुनुपर्ने भएका छन् ।

अन्य मुलुकमा इन्टरनेट सेवामा नयाँ प्रविधि र सस्तो मूल्य बनाउन प्रतिस्पर्धा चलिरहेको बेला सरकारले भने यसलाई राजस्वको स्रोतको रुपमा हेरेको देखिन्छ ।

सरकारको यो कदमलाई विज्ञहरूले अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत उल्टो बाटो हिँडेको भनेर टिप्पणी गरेका छन् ।

सरकारले यस वर्षको बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर (टिएससी) वृद्धि गरेपछि इन्टरनेट प्रदायक कम्पनी र दूरसञ्चार सेवा प्रदायकले साउन १ देखि मूल्य समायोजन गरेको बताएका छन्।

यो मूल्य समायोजनसँगै मोबाइल डाटा प्याकसहित इन्टरनेट शुल्क १३ प्रतिशतले र टेलिफोन भ्वाइस कलको शुल्क दुई प्रतिशतले बढ्ने आजको नागरिक दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार