काठमाडौं, ५ साउन । पानी वितरणका लागि उपत्यकामा ७० स्रोत पहिचान गरिए पनि ट्यांकरले अन्यत्रबाटै पानी भरेर बिक्री गर्ने गरेको पाइएको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानी वितरणका लागि स्रोतको पहिचान गरेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

तर व्यवसायीले पहिचान गरिएको स्रोत छाडेर अन्यत्रबाट पानी बिक्रीवितरण गरिदिँदा जनस्वास्थ्यमा असर पुगेको विश्लेषणसहित बोर्डले ट्यांकरमाथि निगरानी बढाएको हो ।

स्रोतबाहिरका पानी भरेर बिक्रीवितरण गर्ने ट्यांकर व्यवसायीलाई कारबाही गर्न जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंले सुझाव दिइसकेको छ । खानेपानी बोर्डले स्टिकर नलिई पानी वितरण गर्न नपाउने नियम बनाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार