बालयौन दुराचारमा संलग्न भएको आरोपमा दुई फ्रान्सेली नागरिक पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौंको गौशालाबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४२ बर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ बर्षीय मिचेल चुपाउ छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा भद्रवासमा डेरा लिई बस्दै आएका उनीहरुले बालयौन दुराचार गरेको प्रहरीले जनाएको आजको नागरिक दैनिकमा समाचार छ ।

प्रहरीले भद्रवासमा निगरानी बढाएको थाहा पाएपछि विमानस्थल जान लागेका बेला उनीहरुलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले पक्राउ गरेको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार