Dr govinda kc continues his hunger strike on 17th day also at teaching hospital demanding reform in the medical education in teaching hjospital Kathmandu on Wednesday, August 9, 2017 Photo: keshab thoker/Nagarik/republica

काठमाडौं, १२ साउन । सत्याग्रही डा. गोविन्द केसीको २७ दिन लामो अनशन सुखद परिणामसहित अन्त्य भएको छ । चिकित्सा क्षेत्रको सुधार तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वायत्तताका लागि लामो समयदेखि संघर्षरत डा. केसीको यो सफलतालाई उहाँको व्यक्तिगत जित र सरकारको हारको रुपमा भने लिनुहुँदैन । बिहीबार राति डा. केसीले सरकारसँग गरेको सम्झौता नेपाली जनता र सरकार दुवैको जित हो ।

जनताका लागि निःशुल्क शिक्षा र स्वास्थ्य समाजवादको पहिलो प्राथमिकतामा पर्छ । संसारका प्रायः सबै समाजवादी मुलुकमा जनताले सबैभन्दा पहिले पाउने सुविधा भनेकै निःशुल्क शिक्षा र स्वास्थ्य सेवा हो । भर्खरै सम्पन्न चुनावमा घोषणापत्रमै समाजवादलाई प्राथमिकतामा राखेकै कारण पनि नेकपा पार्टीलाई दुई तिहाइ मत दिएर नेपाली जनताले सरकारमा विराजमान गराएकोे कुरालाई यो सरकारले बिर्सनुहुँदैन ।

जनताको भावनासँग गाँसिएका कुनै पनि शान्तिपूर्ण आन्दोलनलाई सरकारसँग भएको दुई तिहाइको दम्भ र घमण्डले मात्र पराजित गर्न नसकिने रहेछ भन्ने कुराको ठूलो उदाहरण बनेको छ डा। गोविन्द केसीको सत्याग्रह ।

डा. केसीले पनि अब के कुरामा हेक्का राख्नु जरुरी छ भने, पटक–पटकको अनशनबाट आफूलाई मात्र सास्ती नभई अनशनका कारण अस्पतालहरुमा सिर्जना भएको अवरोधले विगतमा झैँ धेरै बिरामीले अनाहकमा ज्यान गुमाउनुपर्ने हुन्छ ।

जतिसुकै राम्रो उद्देश्य भए पनि धारावाहिक टेली फिल्मजस्तै पटक–पटकको अनशनले एकातिर उहाँको विश्वसनीयता पनि क्रमशः घट्दै जाने सम्भावना हुन्छ भने अर्को्तिर सरकारले आरोप लगाएजस्तै उहाँ कुनै राजनीतिक पार्टीको गोटी भएको कुरालाई प्रमाणित गर्न सघाउ पु¥याउँछ । आजको नेपाल समाचार पत्र दैनिकमा विशेष सम्पादकीय छापिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार