काठमाडौं, १३ साउन । कोटेश्वरमा हुने ट्राफिक जामको कारण यात्रुहरुको दैनिकी नै प्रभावित हुने गरेको छ । ट्राफिक प्रहरीहरु जाम व्यवस्थापन गर्न खटिए पनि सवारी साधनको चाप अत्यधिक हुँदा यात्रुहरुले सास्ती बेहोर्नु परेको हो ।
पेप्सीकोलाका हरि पराजुली दैनिक कोटेश्वरकै सडक हुँदै कार्यालय आवतजावत गर्छन् । तीनकुने–सूर्यविनायक सडक विस्तार भए पनि एम्बुलेन्ससमेत जाममा पर्ने भएकाले एक घण्टा समय नै छुट्याउने गरेको अनुभव सुनाउँछन् उनी ।
ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका अनुसार पैदल यात्रुहरू सडकबाटै हिँड्नुपर्दा झन् जाम हुने गरेको छ । कोटेश्वर–कंलकी आठ लेनको सडक निर्माण गरेसँगै सवारी साधनको चाप पनि बढेको छ । कोटेश्वर हुँदै चक्रपथ र पूर्व जाने सवारीसाधन आवतजावत गर्ने गर्छ । त्यसैले कोटेश्वरमा पनि अण्डरपास निर्माणको बनाउनुपर्ने आवाज उठ्न थालेको छ ।
प्रतिनिनिधिसभा सांसद महेश बस्नेत बढ्दो सवारी चापलाई व्यवस्थापन गर्नका लागि जडिबुटीदेखि कोटेश्वरसम्मको सर्भिस ट्रया खोल्नुपर्ने बताउँछन् । उनले भने, ‘दीर्घकालीन समस्या समाधानका लागि एरपोर्टबाट अण्डरवास बनाउने प्रस्ताव अगाडि बढाइएको छ, तत्कालका लागि कोटेश्वरसम्म सर्भिस ट्रयाक खोल्नुको विकल्प छैन् ।’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचर छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




