काठमाडौं, २९ साउन । गुराँस गाउँपालिका हुँदै कर्णाली राजमार्ग जोड्ने रतिखोलमा पक्की पुल नहुँदा यात्रुलाई सास्ती भएको छ ।

खोलामा बाढी आएपछि स्थातीयवासी घण्टौँ अलपत्र पर्ने गरेका छन् । पुल नभएकै कारण सार्वजनिक सवारी साधन नचलेपछि रातिखोला भएर आवतजावत गर्ने यात्रुलार्य सास्ती भएको हो ।

स्थानीयले एक हजार रुपैयाँसम्म लिएर यात्रुलाई वारपार गराउँछन् । रातिखोलाको नजिकै बस्दै आएका रामेश्वर विकले आफ्ना लागि बर्षायाम रोजगारीको राम्रो माध्यम हुने बताए ।

दिनभरि खोला किनारमै बसेर यात्रुलाई वारिपारि तार्ने काम गर्छु उनले भने, पानीको वहाव हेरे रकम लिने गरेको छु, जोखिमपुर्ण काम भएकाले एक हजार रुपैयाँसम्म लिने गरेको छु । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार