काठमाडौं, ५ भदौं । नेपालको विजुली सिंगापुरमा । झट्ट सुन्दा सपनाजस्तो लाग्छ ! यही ३०—३१ अगस्टमा काठमडौंमा हुन गईरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास विमस्टेक को चौथो सम्मेलनमा ग्रिड कनेक्टिभिटि विधुत प्रसारण लाईन सञ्जाल सम्बन्धी सम्झौतामा हस्ताक्षर भए नेपालका नदीनालाबाट उत्पादित विजुलीलाई सिंगापुरसम्म पुर्याउने सपना यथार्थमा परिणत हुन धेरै बर्ष लाग्ने छैन ।

विमस्टेकअन्र्तगत निर्माण भनिएको क्षत्रिय प्रसारण लाईनमार्फत थाईल्यान्डसमम पुगेको विजुली आसियाना पावरग्रिडमार्फत मलेसिया र सिंगापुरसम्म निर्यात गर्न सकिनेछ । हाल आसियाना पावरग्रिडमार्फत लाओस, म्यानामारमा उत्पादित विजुली थाईल्यान्ड, मलेसिया र सिंगापुरसम्म आपुर्ति भईरहेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार