“प्रवाशमा नेपाली एकता, आजको आवश्यकता सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नारा बोकेर धादिङ र काभ्रे जिल्लाको बिकट क्षेत्रमा एम्बुलेन्स सहयोगार्थ रिदम लाइभ कन्सर्ट तथा साँस्कृतिक धमाका कार्यक्रम आयोजना हुने भएको छ ।कोरियामा पहिलोपटक संयुक्त रूपमा काभ्रे सम्पर्क समिती र धादिङ समाजको आयोजनामा यस कार्यक्रम आयोजना हुन लागेको हो।अगस्त २६ तारीख आईतबार दुबै संस्थाले संयुक्त एक पत्रकार सम्मलेन गरी यही सेप्टेम्बर २४ तारिखमा कन्सर्ट हुन लागिएको हुँदा कार्यक्रम भब्य रुपमा सफल बनाउनको निम्ति कोरिया स्थित नेपाली समुदायमा अपिल गरिएको छ।
सुविधा सम्पन्न अन्तर्राष्ट्रिय हल एस 24 लाइभ कन्सर्ट हलमा करिब ३ हजार दर्शक उतार्ने आयोजक संस्थाको तयारी गरीरहेको छ । कन्सर्टमा सदाबहार चर्चित पप गायक दिपक बज्राचार्य तथा रिदम ब्यान्डलाई आमन्त्रण गरिएको छ। बिश्व साँगितिक यात्रामा रहेका ब्यान्ड को युरोप, अमेरिका, यु के, अस्ट्रेलिया, हङकङ, मकाउ जापान , दुबई , कोरिया लगाएत अन्य देशहरुको विभिन्न शहरहरुमा कार्यक्रम आयोजना हुँदैछ। चर्चित ब्यान्ड संगै अहिलेको जल्दाबल्दा चर्चित विभिन्न बिधाका कलाकारहरू राजा राजेन्द्र पोखरेल, अञ्जली अधिकारी,रक्षा श्रेष्ठ, बबिता बानियाँ जेरि, पुर्णिमा लामा लगाएत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
आयोजकले लाईभ कन्सर्टको लागि भब्य तयारी गरीरहेको बताउँदै सो हलमा फुल एअर कन्डिसन, लाईटिंग र अत्याधुनिक साउण्ड सिस्टम र सुरक्षा व्यवस्था रहेको जनाएको छ । कोरियन तथा विश्व बिख्यात कलाकारहरुले प्रस्तुती दिएको हलमा नेपाली दर्शकहरुले रिदम लाईभ कन्सर्ट हेर्न पाउने भएका हुन् । कार्यक्रमको शोभा बढाउन सो कार्यक्रममा नेपालबाट अहिलेको लोकप्रिय ब्यक्तित्वहरुलाइ पनि बिशेष अतिथिको रूपमा आमन्त्रण गर्न लागिएको जानकारी प्राप्त भएको छ। फुल प्याकेजको साँगेतिक मनोरञ्जन सहित पबित्र सामाजिक कार्य गर्ने अवसर रहेको, कामले थकित शरीर र मस्तिष्कलाई पनि स्फुर्ति बढाउन भरपुर मदत गर्ने, कार्यक्रम भब्य बनाउन कुनै कसुर बाँकी नराख्ने र कार्यक्रम तयारीमा जुझारु सामाजिक अभियन्ताहरु तिब्र रुपमा लागिपरेको कार्यक्रम संयोजक द्वय धादिङ समाजका अध्यक्ष सन्तोष अधिकारी तथा काभ्रे सम्पर्क समितिका अध्यक्ष सिताराम तिमल्सिनाले बताउनु भएको छ।
तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




