काठमाडौं, ९ असोज । काठमाडौंको सिमलटारस्थित आरुबारीमा मानसिक सन्तुलन गुमाएकी २८ वर्षीय युवती बलात्कृत भएकी छन् ।

उनलाई स्थानीय एक ग्रिल पसलमा लगेर बलात्कार गरेको बताइएको छ । ती युवती बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धले सोलुखुम्बुका दावा तामाङलाई पक्राउ गरेको छ ।

युवती चर्चबाट फर्किँदै गरेको वेला फकाएर लगेर तामाङले बलात्कार गरेको पीडित परिवारको आरोप छ । तामाङको बुबाले सञ्चालन गरेको ग्रिल पसलमा लगेर उनले बलात्कार गरेको बताइएको छ ।

प्रहरीले तामाङले आफ्नो कसुर स्वीकारेको जनाएको छ । उनले आफूले मादक पदार्थ सेवन गरेको तालमा घटना भएको बयान दिएको प्रहरीको भनाई छ । राजधानी दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार