हामीकहाँ गीत छ, ‘लोग्नेमान्छे भएर रुनु हुन्न रे ।’
लोग्नेमान्छे मात्र कहाँ हो र ? अरुले पनि रोएको त्यती राम्रो मानिदैन । तर, हामीलाई थाहा छ रुनु एक प्राकृतिक प्रक्रिया हो । यो वनावटी वा कृतिम होइन । त्यसैले त बच्चा जन्मनसाथ रुन्छ । बच्चा हुर्कदै जाँदा जब उनीहरुलाई केही समस्या हुन्छ वा कुनै कुरामा चित्त बुझ्दैन, वेपत्तासँग रोइदिन्छन् । तपाईं/हामीले हेक्का राखेकै छौं, बच्चा रोइसकेपछि उनीहरुको मन चंगा हुन्छ । अनुहारमा एक किसिमको चमक हुन्छ ।
यसबाट के बुझिन्छ भने, रोएपछि मनको पिर पनि पखालिन्छ । संभवत यही कुरालाई मनन गरेर हुनुपर्छ, जापानमा अहिले रुने कक्षा सञ्चालन गरिदैछ ।
तनाव घटाउने नयाँ काइदा
संसारमा जापानीजहरु सबैभन्दा बढी मेहेनती मानिन्छन् । यहाँका मानिस सबैभन्दा कम विदा लिने गर्छन् । र, सबैभन्दा बढी काम गर्छन् । जसले गर्दा उनीहरु सबैभन्दा धेरै तनावको शिकार हुने गर्छन् ।
सुन्दा अचम्म लाग्न सक्छ । तर, यही तनावलाई कम गर्न जापानमा तयाँ तरीका अपनाइँदैछ । केही दिनयता जापानका स्कुल तथा कलेजहरुमा रुनको लागि मानिसलाई प्रोत्साहित गरिदैछ । कसरी रुने भनेर उनीहरुलाई विशेष किसिमको तालिम समेत दिइदैछ । साथै, रुनकै लागि टिर्यस टिचर्सहरुको समेत व्यवस्था गरिएको छ ।
आखिर, जापानमा मानिसलाई रुनको लागि किन यति धेरै प्रोत्साहित गरिदैछ ? किन विशेष तालिमको व्यवस्था गरिदैछ ?
कारण हो, डिप्रेसनको समस्या कम गर्न ।

जापानमा डिप्रेशनको समस्या कम गर्न मानिसहरुलाई रुनको लागि अभिप्रेरित गर्नुका साथै यस सम्बन्धि विशेष तालिमको व्यवस्था समेत गरिएको छ । जापानीजहरुको मान्यता छ, हाँसो र आँसु नै तनाव कम गर्ने सबैभन्दा उपयोगी माध्यम हो ।
निप्पल मेडिकल विश्वविद्यालयका प्रोफेसर जुन्को उमिहाराका अनुसार तनाव कम गर्नमा आँसुले सेल्फ डिफेन्स (आत्म रक्षा)को काम गर्छ । विगत पाँच वर्ष देखि हाई स्कुलमा कार्यरत शिक्षक हिदेफुी योशिदा आफूलाई टीयर्स टिचर बताउने गर्छन् । र, अरुलाई रुनुको फाइदाबारे जागरुक गराउँछन् । उनी भन्छन्, डिप्रेशन कम गर्न रुनु, हाँस्नु र सुत्नु भन्दा बढी प्रभावकारी हुन्छ ।
स्मरण रहोस्, योशिदाले सन् २०१४ मा तोहो विश्वविद्यालयका फ्याकल्टी अफ मेडिसिनका प्रोफेसर हिदेहो एरितासित मिलेर रुनुको फाइदाबारे मानिसमा सचेतना फैलाउनुका लागि विशेष अभियान नै सञ्चालन गरेका थिए । यस पश्चात्त सन् २०१५ मा जापानले ५० वा सो भन्दा बढी कर्मचारी कार्यरत कार्यालयहरुमा स्ट्रेस चेक प्रोग्राम नै अनिवार्य गरेको थियो । त्यसपछि उनलाई कयौ स्कुल, कलेज तथा अफिसहरुबाट तालिमका लागि समेत बोलाएका थिए । पछिल्लो केही वर्षहरुमा उनले यस सम्बन्धि थुपैै्र लेक्चर तथा गतिविधि आयोजना गरिसकेका छन् ।
योशिदाका अनुसार रुनुको पनि स्वास्थ्यमा विभिन्न फाइदा रहेका कारण मानिसहरुले रुवाउने किसिमको फिल्म तथा किताबबाट भरपूर फाइदा लिन सक्नु पर्छ । संगीतबको आनन्द लिनु पर्छ । उनी छन्, जो व्यक्ति सातामा कम्तीमा एक पटक रुन्छ, त्यही मानिसले मात्र तनावमुक्त जिवनयापन गर्न सक्छ ।
यही कुरालाई मध्यनजर गरेर जापान लगायतका केही देशले पनि हालका वर्षहरुमा मानसिक स्वास्थ्यमा विशेष ध्यान दिन थालेका छन् । जबकी सन् १९९० को दशकसम्म पनि यी देशहरुमा डिप्रेशनबारे खुलेर चर्चा हुँदैनथ्यो ।
लण्डन स्कुल अफ इकोनोमिक्स २०१६ ले आठ देशमा गरेको एक अध्ययन अनुसार जापानका कर्मचारी आफ्नो रोजगारदातासित डिप्रेशनबारे खुलेर कुराकानी गर्ने सम्बन्धमा निकै पछाडी छन् । जापानमा ओभर टाइम यति विकराल समस्या छ कि यसको लागि जापानीजहरुले एउटा विशेष नाममै दिएका छन्, कारोशी अर्थात ओभरटाइमका कारण भएको मृत्यु ।
किन जरुरी छ रुन ?

स्वास्थ्यका लागि लाभदायक
हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर रुनु पनि स्वास्थ्यका लागि उत्तिकै फाइदाजनक छैन । रुदा आँखाबाट आँसु निस्किन्छ । यस्ता आँसु तीन प्रकारको हुन्छ, रेफलेक्सिब, कन्टिनिअस र इमोशनल । इमोशनल आफू मानिसको आँखाले मात्र निकााल्न सक्ने हुदाँ यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।
आँखालाई सुरक्षित राख्छ
प्याजबाट एक किसिमको रसाइन निस्कन्छ जसले सल्फ्यूरिक एसिड तयार बताउँछ । जब यो एसिड आँखाको सतहमा पुग्छ, तब यसबाट छुटकारा पाउन आँसु ग्रन्थीले आँखाबाट आँशु निकाल्न थाल्छ, जसले गर्दा आँखामा रहेको यो रसायन पखालिने गर्छ । आँसुमा एनटीव्यक्टेरियल तथा एन्टी भाइरल लाइसोजाइम पनि हुन्छ, जसले आँखालाई सुरक्षा प्रदान गर्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




