टोकियो । नेपाली चलचित्रप्रेमीहरुद्वारा  निकै रुचाईएको नेपाली चलचित्र ‘छक्का पन्जा ३’ नोभेम्बर  १८ तारिख, जापानको टोकियोमा प्रदर्शन गरिने भएको छ ।

केहि समय अघि, नेपालका  ख्यातिप्राप्त करिव ४ दर्जन कलाकारको साथमा ‘सुर्य इन्टरनेशनल एवार्ड ‘सम्पन्न गरेको सुर्य कर्पोरेसन लिमिटेडले  चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै यहि नोभेम्बर १८ तारीक आईतबारको दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा पहिलो सो गर्ने भएको हो ।

जापानको १५ भन्दा बढी शहरहरुमा प्रदर्शन हुन लागेको चलचित्रको क्रमिक रुपमा मिति, समय र स्थान तय हुंदै गईरहेको कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारि दिए । हालसम्म १८ नोभेम्बर मा टोकियो, ५ डिसेम्बर ओकिनावा, ८ डिसेम्बर फुकुओका र १६ डिसेम्बर तोचिगि गरि ; स्थानको प्रदर्शन तय भैसकेको छ ।

दिपकराज गिरी र दिपाश्री निरौलादको चलचित्र छक्का पन्जा , १ र २ को अपार सफलतापछी निर्मित छक्का पन्जा ३ नेपालमा ब्यवसायिक हिसाबमा पनि अहिले सम्मकै सबै रेकर्डहरु तोड्न सफल भएको चलचित्र हो ।छक्का पन्जा -३ ले नेपालको अस्वस्थ्य राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ ।

यहि नोभेम्बर १८ आइतवार मेगुरो कुमिन सेन्टरमा साँझ ६ बजेबाट प्रदर्शन हुने चलचित्रको टिकटदर एडभान्समा २,००० र डोरमा ३,००० तय गरिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार