टोकियो । आध्यात्मिक सेवा केन्द्र जापानको आयोजनामा टोकियोमा वाचन प्रवीण दिनवन्धु पोखरेलका साथ श्रीमदभागवत महापुराण तथा बेद र बुद्द सम्बन्धी आध्यात्मिक प्रवचन कार्यक्रममा आयोजना गरिने भएको छ ।

विहिबार, पत्रकार सम्मेलन गरि, जापानको  राजधानी टोकियोमा नोभेम्वर २४ र २५ तारिख दुई दिन आध्यात्मिक प्रवचन संचालन हुने जानकारी गराईएको हो ।
गैरआवासीय नेपाली संघ( एनआरएनए )जापानको आकस्मिक सहयोग राहतकोषका लागि सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रवचनमा जापानवासी नेपालीहरूले विविध पुजा गर्न सकिने प्रवन्ध गर्न लागिएको कार्यक्रम संयोजक शालिकराम भण्डारीले जानकारी दिनुभयो।

२ दिन संचालन हुने सो श्रीमदभागवत महापुराण तथा बेद र बुद्द सम्बन्धी आध्यात्मिक प्रवचन कार्यक्रममा जापानवासी नेपालीहरूले सामुहिक रूपमा सहभागि भएर कथा श्रवण गर्न सकिने तयारी गरिएको आध्यात्मिक सेवा केन्द्र जापानका अध्यक्ष कपिलदेब थापाले जानकारी दिनुभयो ।यस्तो छ कार्यक्रमको तालिका ।

जापानमा यस्तो कार्यक्रम आयोजना गर्नुको कारण तथा आफ्ना योजनाहरुका बारेमा वाचन प्रवीण दिनवन्धु पोखरेलले यसरी जानकारी दिनुभयो ।

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार