टोकियो । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन २’ का प्रवल सम्भावना बोकेका प्रतिष्पर्धी बिक्रम बराललाई जिताउनका लागि जापानमा पनि अभियान थालिएको छ ।
पोखराका, गोल्डेन माईक बिजेता बिक्रमलाई दोश्रो नेपाल आईडल बनाउनका लागि जापानमा कृयाशील कास्की पोखरा समाजले अभियान थालेको हो । समाजका अध्यक्ष बिकास श्रेष्ठका अनुसार बिक्रम बराल जिताऊँ अभियानको शुरुवात स्वरुप बिहिबार २० हजार नेपाली रुपैँया नेपाल पठाईएको छ ।
ओभरसिज रेमिट्टयांसले पनि, विप्रेषण गरिएको सो रकमका लागि लाग्ने सेवा शुल्क, निशुल्क गरी प्रतिभा प्रवर्द्धनमा एैक्यवद्धता जनाएको छ । रकम हस्तान्तरण कार्यक्रममा, समाजका अध्यक्ष विकास श्रेष्ठसँगै,सदस्य लिल गुरुङ् तथा बिष्णु त्रिपाठीको पनि उपस्थिती रहेको थियो ।

नेपाल आईडलको यात्रा रोचक बन्दै गएको छ । आइडल चुन्ने दिने अब धेरै नरहेकाले यात्रा रोचक बन्दै गएको हो ।आइडलमा अब ६ जना प्रतिस्पर्धी मात्रै बाँकी छन् । ‘नेपाल आइडल २’ को उपाधि कसले बाजी मार्ला त ? यो प्रश्नको धेरैले गर्दछन् । अहिले नै यो प्रश्नको सही जवाफ दिन गाह्रो छ ।आइडलमा बाँकी रहेका प्रतिस्पर्धी कोही भन्दा कोही कम छैनन् । सबै उत्कृष्ट छन् । उनीहरुले लाखौं स्रोता-दर्शकको मन जितिसकेका छन् । सबै उत्कृष्ट भए पनि आइडलको उपाधि जित्ने भनेको एकजनाले मात्रै हो ।
सर्वाधिक भोटका आधारमा आइडल बन्ने नियमका कारण प्रतिस्पर्धी निकै मिहिनेतका साथ मञ्चमा प्रस्तुत भइरहेका छन् । बाँकी रहेका प्रतिस्पर्धीका समर्थक नि आफूलाई मन परेको व्यक्तिलाई जिताउन रातदिन नभनि लागीरहेका छन् ।फेसबुक पेज, ग्रुप बनाएर हुन्छ या अन्य कुनै माध्यमबाट नै आफ्नो मन पर्ने प्रतिस्पर्धीलाई आइडल बनाउन समर्थक प्रचारमा व्यस्त छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




