मुगु — कर्मारोङ गाउँपालिका ५ दाउरा गाउँका ३० बर्षीय थेनसिंह लामा एउटा गोरु जोतेर बारीमा लेकाली अन्न उवा छरिरहेका छन् । लामाले पछाडीबाट अनौ समाएका छन् । उनकी पत्नी लाङ्मु एउटा गोरु डोर्याउँदै मेलो देखाउँदै छिन् ।
यहाँ एउटा गोरु जोत्ने पुरानो चलन छ । थेनसिंह लामा भन्छन्, यो हाम्रो पुर्खादेखिको चलन हो । यो गाउँमा कसैले पनि दुइवटा गोरु जोत्दैनन् ।

लामा जातिका एउटा गोरु जोतेर खेती गर्नु पुख्र्यौली परम्परा भएको अर्का स्थानीय ग्याल्जन लामाले बताए । ५१ परिवार लामा जातिको बसोबास रहेको यहाँ सबैका गोठमा एउटै मात्र गोरु छ । सबैले एउटै गोरु जोतेर खेती लगाउँछन् । पुरुष नहुँदा महिलाले पनि हलो जोत्छन् ।

पुरुष घरमा नहुँदा हामी आफै हलो जोतेर खेती लगाउँछौँ, स्थानीय याङ्जु लामाले भनिन्, लोग्ने मान्छे व्यापारका लागि बाहिरफेर गईरहन्छ, घरमा लोग्ने मान्छे नहुँदा महिलाहरुले नै हलो जोतेर खेती लगाउने गरेका छौँ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार