नुवाकोट, १ पुस । नुवाकोटको दुर्गम सिसिपु गाउँ शोकमा डुबेको छ । मंसिर २८ गते घेवा (मृत्यु संस्कार) सकेर फर्किएको मिनीट्रक दुर्घटनामा पर्यो।

जसमा सवार जिल्लाको उत्तरपूर्व घ्याङफेदी गाउँपालिका सिसिपुकै २० जनाले ज्यान गुमाए । सिसिपुकै १५ जना अंगभंग भए ।
एकै गाउँका २० जनाले ज्यान गुमाउनु र कैयौं घाइते हुनु नुवाकोटकै ठूलो सडक दुर्घटना भएको स्थानीय बताउँछन् ।

शोकमा डुबेको सिसिपु गाउँका अधिकांशको घरमा यतिबेला चुलो बलेको छैन । उपचारका क्रममा शनिबार बिहान थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २० पुगेको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए ।

यातायातको भरपर्दो साधन नभएको सिसिपुवासी सहज र बाध्यता दुवै कारण मिनिट्रक प्रयोग गर्छन्। त्यहाँको अधिकांश भेगमा यही यात्रु तथा सामानवाहकमा यही प्रयोग हुन्छ। कच्ची र साँघुरो सडकमा सहजै गुड्ने हुँदा स्थानीयको रोजाइमा मिनिट्रक पर्ने गरेको छ ।

आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार