टोकियो । गरिव तथा घरबार बिहिन वेसाहारा वालवालिकाहरुको सहयोगार्थ जापानको गुन्मा केनमा  “म्यूज़िकल च्यारिटी प्रोग्राम २०१९” आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा सहभागी हुन नेपाली चलचित्रका महानायक राजेश हमाल पनि जापान आउने भएका छन् ।

नेपाली साझा समाज जापान र सेभ द चिल्ड्रेन सेभ द नेसन को संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम आउदो जनवरी ५ तारिख शनिवार गुन्मा केन स्थित ओईजुमी माचीमा हुने भएको छ । कार्यक्रममा महानायक हमाल सगै चर्चित गायक हेमन्त शर्मा तथा चर्चित गायीका प्रिती आले पनि आउदैछिन् भने स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने समाजका अध्यक्ष बुद्दी शेरचनले जानकारी दिनुभएको छ । गुन्मा केन तथा आसपासमा रहनुहुने जो सुकै पनि कार्यक्रममा सहभागी हुन चाहानुहुन्छ भने निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने आयोजक संस्थावाट जानकारी आएको छ
बुद्दी शेरचन : 9015341997
मन्जु क्षेत्री : 8025771420
निरज गुरुगं : 9091492615
रमेश अधिकारी : 9067195375

समाचार : बिश्वबन्धु भण्डारीको संयोजनमा

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार