पोखरा :-७ महिनाअघि पोखरामा शव भेटिएकी एक महिलाको हत्याको सनसनीपूर्ण खुलासा भारतीय प्रहरीले गरेको छ । उत्तर प्रदेशको गोरखपुर प्रहरीले यहाँका चर्चित डाक्टर डीपी सिंहलाई उनकी पूर्वपत्नी राखी श्रीवास्तवको हत्याको आरोपमा पक्राउ गरेको छ । पोखरामा ७ महिनाअघि शव भेटिएकी महिला उनै राखी भएको खुलेको छ । सोधपुछमा ती डाक्टरले ७ महिनाअघि राखीलाई नेपालमा पोखरा ल्याएर पहाडभाट भीरबाट धकेलिदिएर मारेको स्वीकार गरेका छन् । यतिमात्र होइन उनले पुलिसलाई भ्रममा पार्नको लागि ७ महिनादेखि उनको सामाजिक संजाललाई निरन्तर अपडेट गरिरहेका थिए ।
आरोपी डा. सिंहका अनुसार उनले यसअघि पनि राखीलाई मार्ने प्रयास गरेका थिए । यसअघि ५ पटक उनलाई मार्न असफल भएका डा. सिंहले छैटौं पटकको प्रयासमा मारेका थिए । डा. सिंहका अनुसार राखी उनलाई ब्ल्याकमेल गरिरहन्थिन् जसबाट उनी हैरान भइसकेका थिए । उनले हत्यापछि लामो समयसम्म राखीका परिवारलाई भ्रममा पारेका थिए । उनीहरुले राखीको बारेमा सोध्दा डा. सिंहले उनीहरुको कुरा टार्थे । राखी बेपत्ता भएको उजुरी परेपछि मात्र घटनाको खुलासा भएको हो ।
सुरुवातमा गोरखपुर पुलिसले राखीका अर्का पति मनीष सिन्हालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको थियो । तर, पुलिसले केही पत्ता लगाउन नसकेपछि यो केस एसटिएफलाई दिइएको थियो । एसटिएफले राखीका अर्का पति डीपी सिंहलाई पक्राउ गरेपछि रहस्य खुलेको हो । एसटिएफका अनुसार राखी हराएको बेला उनको मोवाइलको लोकेशन नेपालमा थियो । एसटिएफले नेपाल प्रहरीसँग जानकारी माग्दा ८ जूनमा यहाँ एक युवतीको लाश भेटिएको खुल्यो । युवतीको शवबारे थप जानकारी खोज्दै जाँदा उनी राखी भएको पुष्टि भएको थियो ।
राखी त्यतिबेला आफ्ना पति मनिष सिन्हासँग विमानमा नेपाल आएकी थिइन् । त्यसपछि उनी नेपालमै बसिन् र मनिष फर्किए । त्यही क्रममा राखीसँग कुराकानीपछि डा. डीपी सिंह पनि आफ्ना २ कर्मचारीसँग नेपाल आए । राखीलाई लिएर यी तीनैजना पोखरा गए । जहाँ उनीहरुले मदिरामा नशाको औषधी मिलाएर पहाडमा लिएर गइ भीरबाट धकेलेर हत्या गरे ।
अनुसन्धानमा खुलेअनुसार डा. सिंह पहिल्यै विवाहित थिए । उनले आफ्नी पत्नी उषालाई नभनी राखीसँग दोस्रो विवाह गरेका थिए । पछि पहिली पत्नी उषाले यसबारे थाहा पाइन् । विवाद भएपछि डाक्टरले राखीसँग सम्बन्ध तोडे र टाढा हुन थाले । राखीले पनि २०१६ मा मनीष सिन्हासँग दोस्रो विवाह गरिन् । तर, त्यसपछि फेरि डाक्टर राखीसँग नजिकिन खोजेपछि राखीले डाक्टरलाई ब्ल्याकमेल गर्न थालिन् । यही ब्ल्याकमेलका कारण डाक्टरले उनको हत्या गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




