काठमाडौँ । ‘मधेशी युथ कनेक्टस्’ द्वारा आयोजीत ‘स्टार्टअप पीचीङ्ग प्रतियोगीता तथा प्रविधि प्रदर्शन कार्यक्रम’ शनिबार थापाथली ईन्जीनीयरिङ्ग क्याम्पसमा सम्पन्न भएको छ ।

प्रतियोगीतामा विभिन्न विद्याका १४ समुहले सहभागीता जनाएका थिए । निर्णायक मण्डल तथा सार्वजनीक भोटीङ्ग प्रणालीबाट उत्कृष्ठ प्रस्तुती, उत्कृष्ठ ‘पीच’ र उत्कृष्ठ योजना छानिएको थियो । उत्कृष्ठ प्रस्तुती अप्पन पैड समुहका श्रीनु झाले पाईन । त्यहि उत्कृष्ठ योजना (आईडिया) ‘ब्लाईन्ड आई‘ समुहका जयकृष्ण पन्जीयार र उत्कृष्ठ पीच वायु प्रदुषण मापक यन्त्र बनाएका आयुस दत्तले पाएका थिए ।

विभिन्न प्रदेशबाट यसरी छानीएर आएका योजनाहरुलाई समेटेर राष्ट्रिय प्रतियोगीता गराउने र राम्रो योजनाहरुको लागि आवस्यक आर्थीक सहयोग जुटाई दिगो रुपमा सञ्चालन गर्नका निम्तिी सम्बन्धित समुहलाई ससत्तीकरण गर्दै थप सहयोग जुटाई स्थानीय तहमा उद्यमशीलता बढाउने लक्ष्य सहित यो प्रतियोगीताको आयोजना गर्न लागीएको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार