दक्षिण कोरियामा रहेका नेपालीहरुको आर्थिक सहयोगमा उपलब्ध गराईएको जाडो मौसमको राहत आज धादिङ समाज कोरियाका प्रतिनिधिहरुको उपस्थितिमा जिल्लाको बेनीघाट रोरागं गाउँपालिका स्थित बिकट तथा बिपन्न समुदाय “मासखर्क” का ४५ घर परिवारलाई जाडोको लागि आवश्यक कपडा (कम्बल) बितरण गरिएको छ ।
उक्त सहयोग कोरियामा रहेका सकृय सामाजिक अभियान्ता हरुको समुह “न्यानो बाँड्ने अभियान” मार्फत उपलब्ध भएको थियो । यस अभियानको अर्को नाम “मान वन अभियान” पनि रहेको छ । जसको अर्थ हुनेछ प्रति ब्यक्ति मान वन अथवा लगभव नेपाली एक हजार रुपैयाँ संकलन अभियान ।
कोरियामा रहेका हरुको लागि यो (मान वन) सहयोग धेरै नभएता पनि नेपालका ति बिपन्नतालाई भने ठुलो राहत मिल्न सक्ने भन्दै बिगत चार बर्ष देखि नै हरेक जाडो मौसमको अबशरमा आफुहरुले कोरियामा मान वन संकलन गरि “हिमाल, पहाड, तराई कोहि छैन पराई” भन्ने नारालाई आत्मसाथ गर्दै देशको बिभिन्न बिकट, बिपन्न, पिडित तथा पिछडिएका समुदायहरुलाई यसरी नै न्यानो बितरण गर्दै आईरहेको कुरा सो अभियानका एक अभियान्ता तथा धादिङ समाज कोरियाका अध्यक्ष सन्तोष अधिकारीले कोरिया बाट जानकारी गराउनुभयो । यस अघिका बर्षहरुमा आफुहरुले सिन्धुपाल्चोक, सर्लाही, सप्तरी, धादिङ, नुवाकोट, चितवन, दोलखा, सुनसरी, मोरङ लगायत जिल्लाहरुका बिपन्न समुदायमा पन्ध्र सय भन्दा बढि घर परिवारलाई यसरि नै न्यानो बितरण गरिसकेको, यसपालि पनि कर्णाली प्रदेश स्थिति बिकट कालिकोटको रास्कोटमा कार्यक्रम सम्पन्न भईसकेको छ भने सिमाराको डुम बस्तीको लागि पनि तयारी भैरहेको कुरा अभियान्ता अधिकारीले बताउनुभयो ।
जिल्ला प्रसाशन कार्यालय धादिङ र रोरागं गाउँपालिका-२ को अनुमतिमा आज सम्पन्न मासखर्कको न्यानो बितरण कार्यक्रममा धादिङ समाज कोरियाको नेपाल सम्पर्क समितिका अध्यक्ष केशव श्रेष्ठ, उपाध्यक्ष सुमन सिम्खडा, राजेन्द्र थपलिया, बर्तमान धादिङ समाज कोरियाका कार्यसमिति सदस्य मिलन लामा र ब्यबसायि निर्मल थपलियाको उपस्थित रहेको थियो ।
राजधानी संगै जोडिएको जिल्ला भएता पनि राज्य बाट उपलब्ध हुनु पर्ने बिभिन्न सेवा सुविधाहरु बाट आफुहरु बन्चित हुनुपरेको । खाने पानिको लागि 4-5 घण्टाको बाटो धाउनु पर्ने र प्राथामिक पढाईकै लागि पनि यस्तै समस्या रहेको स्थानीयको भनाई छ । आफ्नो जमिन बाट उब्जनि भएको अन्नले आधि बर्ष पनि खान नपुग्ने सो समुदायमा खासै कसैको पनि रोजगारी रहेको छैन । जंगली कन्दमुलकको भरले जिबन जिउन र एक सरो कपडाले जाडो टार्न बाध्य ति चेपागंहरुले यो राहत प्राप्त गरेकोमा निकै खुसी ब्यक्त गरेका छन् । बिभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाहरुले प्रदान गर्ने राहत धेरै जसो सुगम प्रभावित हुने भन्दै आफुहरु हरेक कुराले पछाडि परेकोमा स्थानीयको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




