गीत- सांगीत अनुभूति र जीवन
बिहानी भालेको डाक संगै मेरा छिमेकि खोल्सीठुले काका मिठो संगीतको धुन सहित गाईको दुध दुहुनु हुन्थ्यो । एकदिन उहांको घरको बिरालो सारैनै बिरामी पर्यो । काकाले अर्को मिठो गीत बजाउनु भयो । लाग्दथ्यो काका संगीतको पारखी हुनुहुदो हो । तर बिस्तारै बुझ्दा कुरा त्यसो रहेनछ । फुर्सदमा एकदिन हामीलाई बताउनु भयो कि मानिसहरुले मात्र होइन संसारका सबै जीवले संगीतको आनन्द लिन सक्दछन, उत्प्रेरित गर्न सक्दछन । जुन कुरा पछिल्लो समय बिज्ञानले पनि सत्य साबित गरेको छ । मानिसका भावना लाई प्रस्फुटन गर्ने बिबिध विधा तथा मध्यमहरु मध्ये गीत संगीत एक उत्कृस्ट माध्यम भएको कुरा पनि बिभिन्न विचारकहरुको भनाई बाट पुस्टि हुने गर्दछ ।
लेखन/पत्रकारिता भन्दा साहित्य र साहित्य भन्दा संगीत माथिल्लो स्तरको विधा हो । पत्रकारिता तथा लेखमा बढी दिमागको प्रयोग हुन्छ , साहित्यमा दिमाग र मन-मुटुको सन्तुलित उपयोग हुन्छ भने गीत-संगीत बढी मन-मुटुको भाब बाट सिर्जित हुने गर्दछ । अनि संसारमा मन-मुटु भन्दा माथिको अर्को सगरमाथा हुन्न । पत्रकार बिजय पाण्डेका यी हरफहरुमा सत्यता भेटिन्छन, यथार्थता देखिन्छन ।
जीवनमा साहित्य, संगीत र कला अपरिहार्य छ भन्ने नीति वचन पनि उल्लेखनीय छ । साहित्य, संगीत र कला विहीन मान्छेलाई पुच्छर नभएको पशुको पनि उपनाम दिईएको भेटिन्छ । सबैथोक भएर पनि पुच्छर नभएको पशु कस्ता देखिन्छन् मान्छेलाई पनि त्यस्तै असुहाउँदिलो र नराम्रो देखिन्छ । पुछारहीन पशुको जसरी शोभा रहँदैन त्यसैगरी साहित्य, संगीत र कलाहीन मान्छेलाई पनि सुहाउँदैन । जीवनलाई सुन्दर बनाउने तत्त्व भनेका साहित्य, संगीत र कला हुन। साहित्यले जीवनलाई आनन्दित पार्छ । संगीतले नयाँ ऊर्जा दिन्छ भने गीत -संगीत-कलाले जीवन बाँच्ने सुन्दर बाटो दिन्छ ।
वास्तबमा गीत – संगीत विनाको संसार अधुरो र अपूर्ण छ । मेरो पनि संगीत र कलाप्रतिको अनुरागको प्रारम्भिक प्रेरणाश्रोत मेरी ठुलीमा डुकुना नेवार बनेर आउनु भयो । अबोध बाला पनमै संगीतको साधना मार्फत जीवनलाई पूर्णताको गोरेटोमा पाईला सार्ने मलाई अवसर जुट्यो । देखिने पूर्णता र बोध गरिने पूर्णता धेरै फरक बिषय रहेछन । अनुभूतिमा पूर्णता प्राप्त गर्ने कुराले मात्र जीवनमा महत्व राख्दो रहेछ ।
संगीत- गायन विधामा संलग्न कलाकारहरुलाई अझै पनि ‘गाईने’ भनि कुनै निश्चित सम्मानित जाति समुदाय र सिंगो कलाकारहरुको समेत अपमान गर्ने केहि कमजोर मानशिकता बाट हामि उठ्न सकेका छैनौ ।
नेपालमा संगीतिक जीवन
गायन पेशा
कालजयी आवाजको अनुपम उपहार दीई धेरै कलाकारहरुले कला जगतको उचाई बढाउनु भएको छ । सम्पूर्ण कुरा त्यागी गीत – संगीतको साधनामा धेरै जीवनहरु अर्पण भए । रास्ट्र तथा जनताका हरेक परिवर्तनमा गीत -संगीतले अत्यन्त्य महत्वपुर्ण भूमिका खेलेको छ । तथापी, संगीत- गायन विधामा संलग्न कलाकारहरुलाई अझै पनि ‘गाईने’ भनि कुनै निश्चित सम्मानित जाति समुदाय र सिंगो कलाकारहरुको समेत अपमान गर्ने केहि कमजोर मानशिकता बाट हामि उठ्न सकेका छैनौ ।
अन्तरास्ट्रिय क्षेत्रमा समेत शसक्त पेशा मात्र नभई संदेश सम्प्रेषणको बलियो माद्यम र हर जीवनमा उर्जा प्रदान गर्ने स्थापित पेशालाई अपमानित गर्नु हाम्रो गम्भीर समस्या हो । एक छोरि वा बुहारीले गायिका भएर जीवन चलाउने कुराको पिडा अझ दर्दनाक छ । पिंजडा भित्रको स्वतन्त्रताका साथ कलाको साधना गरि मानो चलाउने बाध्यत त छदैछ । त्यसैले, हाम्रो बुझाई र सोचाईको चस्मामा पावर फेर्न जरुरि छ ।
भल्गारिटी र गायन

पछिल्लो समय गीत संगीतको प्रस्तुति लाई लिएर भल्गारिटि संग पनि जोडिएको पाइन्छ । फलानो ले यस्तो लायो त्यस्तो देखायो । मागले पूर्तिलाई डोर्याउने कुरा सामन्य नियम हो । जुन बस्तुको बढी माग हुन्छ त्यहि बस्तुले बढी बजार पाउने गर्दछ । कतिपय भल्गारिटिको उक्साईमा हाम्रै भुमिका पनि सहायक भएको कुरा पनि हामीले बिर्सन नहुने कुरा हुन ।
हरेक कलाकारका स्टेजमा प्रस्तुत हुने आफ्ना आफ्ना तरिका र शैली हुन्छन । कपडाको लम्बाई, बाहिरी आवरण र शैली भन्दा स्टेजमा प्रस्तुत हुने कलाकारको गायकीको कुरा प्रमुख मुल्यांकनको बिषय बन्न पर्दछ । कलाकारहरु समाजकै उत्पादन भएको हुनाले सामाजिक अपेक्षा अनुररुपनै मर्यादाको सिमा भित्र रहेर कलाकारहरुले पनि प्रस्तुति दिन पर्ने हुन्छ । निश्चय रुपमा हाम्रो संस्कार र संस्कृतिको बिकाशमा सबै कालाकारहरु गम्भीर हुन जरुरि छ ।
सस्ताे लाेकप्रियता
पछिल्लो समय कलालाई नभई कमाईलाई अलि महत्व दिने प्रवृति पनि बढेको हो कि भन्ने आभास छ । कलाको गहिराई लाई भन्दा नगद बिटोको मोटाईमा बढी कलाकार लोभिएको कुरा पनि सुन्नमा नआएका होइनन । अघिल्ला गायन, लेखन र संगीतका तुलनामा हाल कृतिमताले बढीनै ठाऊं लिन गएको धेरैको टिप्पणि रहेको छ । वास्तविक कलामा गहिरो साधना गरि गुणस्तर दिने भन्दा अलि बढीनै फेसबुक लाईक -कमेन्ट अनि युट्युब भिउवर बढाउने कुरामा महत्व दिने बाटो तर्फ पो लगियोकि भन्ने प्रश्न चिन्न पनि हामी समक्ष छन ।
कलाकारिता संग सम्बन्धित बिभिन्न पुरस्कारले कला जगतमा ठुलो प्रोत्साहन मिलेको छ । पुरस्कार, प्रोत्शाहन र दर्शकहरुको मायालेनै कुनैपनि कलाकारको जीवनको गतिशिलतामा शक्ति मिल्दछ । बिभिन्न सरकारी तथा निजि स्तरमा प्रदान हुने प्रोत्शाहन र प्रसंशाले कला जगतको उचाई र महत्व समाजमा बढेको कुरा स्पस्ट छ । तर , पुरस्कार बितरणमा न्याय गर्न कमजोरी हुंदा बितरक संस्थानै बिबाद र बदनामिका शिकार नभएका पनि होईनन ।
कलाकार हुनुकाे कठिनाइ
चाड बाढ , गाह्रो अप्ठ्यारो,स्वस्थ स्थिति अनि व्यक्तिगत जीवन नभनी कलाकारहरु रातदिन खट्न पर्ने स्थिति छ । देश -विदेशमा नेपाली पहिचाहन, आफ्नो पन र संदेश लिएर कलाकारहरुले भूमिका खेलका छन । शु:खमा, दु:खमा, खुशीमा, पार्टीमा, सम्झनामा, कल्पनामा, शन्देशमा, बिकाशमा, रास्ट्रीयतामा आदि हर समयमा गीत संगीतले हरेक व्यक्तिलाई साथ दिएको हुन्छ ।
तर, एक कलाकार आफ्नै माटोमा, सडकमा भोक भोकै मरेको, उपचार गर्न नसकेको तितो अनुभवहरु पनि हामि समक्ष छन । संगीतको साधना गर्दा गर्दै भबिस्यका सम्भावित काला दिन भुलेका हुन्छन । संगीतको साधनामा डुबेर ब्यापार, लोकसेवा, जागिर आदि इत्यादीको कहिले कल्पना गरेका हुन्नन ।
कम्तिमा गम्भीर आवश्यकतामा सरकारले न्युनतम जीवन गुजारामा, प्राथमिक उपचारमा सहयोग पुर्याउन जरुरि छ । कलाकारहरुको रोयल्टीलाई पनि थप ब्यबस्थित, पारदर्शी र जीवनमुखी बनाउन जरुरि छ ।
मिलन चर्चित गायिका हुन्
(राजधानी दैनिकबाट)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन





