काठमाडौं, ५ माघ । सरकारले साइबर अपराध गर्नेलाई एक करोड जरिवानदेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी पूरा गरेको छ ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले तयार गरेको ‘सूचना प्रविधि ऐन, २०७५’को विधेयकमा देशको राष्ट्रिय सुरक्षा एवं सार्वभौमसत्ता, राष्ट्रिय अर्थतन्त्र वा सार्वजनिक सेवामा गम्भीर असर पार्ने गरी विद्युतीय प्रणालीमा हानी पुर्याए ५० लाखदेखि एक करोडसम्म जरिवाना हुने उल्लेख छ ।

यस्ता व्यक्ति वा संस्थालाई पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने व्यवस्था पनि राखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार