अमेरिकाको एक स्कुलमा ६ वर्षकी छोरीलाई लिन पुगेका एक पिताको चर्चा अत्याधिक बढेको छ । मानिसहरु उनलाई एक आदर्श पिताको रुपमा चित्रण गर्दै उनको प्रशंशा गरिरहेका छन् । ती ६ वर्षकी बालिकाले एक दिन स्कुल पोसाकमै पिसाब गरिन् त्यस पछि स्कुल स्टाफले उनका पितालाई फोन गरेर छोरीलाई लिन बोलाएका थिए । बालिकाका पिता जब छोरीलाई लिन स्कुल पुगे उनको पाइन्ट देखेर सबै जना जिल्ल परे । उटाह राज्यको एक स्कुलमा पढ्ने ६ वर्षकी बालिका भेलेरी सेवार्डले एक दिन स्कुल युनिफर्ममै पिसाब गरिन् ।
ती पिताको पाइन्ट अगाडिपट्टि भिजेको थियो ।यो थाहा पाएपछि स्कुलका स्टाफले उनका पिता बेन सेवार्डलाई फोन गरेर छोरीलाई लिन बोलाए । बेनले जब आफ्नो छोरीसँग भएको घटनाबारे थाहा पाए त्यसपछि उनले बुझे कि अब उनले के गर्नुपर्छ । उनी छोरी लाई लिन स्कुल आए । स्कुल आउँदा उनले यस्तो काम गरे कि उनकी छोरीलाई कत्ति पनि बेइज्जतीको सामना गर्नु नपरोस् । जब बेन छोरीलाई लिन स्कुल पुगे उनले आफ्नो पाइन्टमा अगाडिपट्टि केही पानी खन्याए । त्यसपछि झट्ट हेर्दा यस्तो लाग्थ्यो कि उनले पनि पाइन्टमै पिसाब गरेका थिए ।
आफ्नो पाइन्ट भिजाएपछि बेन छोरीलाई लिन सिधै प्रिन्सिपलको अफिसमा पुगे । त्यहाँ छोरीलाई देखेपछि उनी छोरीनजिक गए र भिजेको पाइन्ट देखाउँदै भने ‘मलाई तिम्रो ब्याग देउ । मैले यो भिजेको दाग लुकाउँछु ।’ त्यसपछि उनले अगाडि भने ‘मैले पिसाब रोक्नै सकिन र यस्तो भयो ।’पिताको कुरा सुन्दा पहिले र भेलेरी अलमलमा परिन् तर जब उनले पिताको भिजेको पाइन्ट देखिन् उनी मुस्कुराइन् ।बेनले यस्तो यसकारण गरेका थिए ताकि उनकी छोरीलाई युनिफर्ममा पिसाब गर्नु कुनै ठूलो अपराध हो जस्तो नला गोस् ।
उनी मुस्कुराएको देखेपछि बेनले बुझे कि उनको तरिकाले काम गरेको छ । यही कारण छोरी स्कुल जान नै नमान्ने अथावा छोरीलाई हीनताबोध हुन नदिन उनले यस्तो गरेका थिए । उनले आफ्नो पाइन्ट भिजाएर सानी छोरीलाई यो बुझाएका थिए कि इमरजेन्सीमा कपडामै पिसाब गर्नु सामान्य कुरा हो र यो गल्ती जो कोहीबाट हुन सक्छ । स्कुलले बेनको यो समझदारीको कामलाई सामाजिक संजालमा पोस्ट गरेर उनको तारिफ गरेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




