काठमाडौं, ७ माघ । लामो समयदेखि बिरामी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् ।

ज्वरो आएर अस्पताल र्पुयाइएकी उनलाई धापाखेलस्थित सुमेरु अस्पतालको आइसीयूमा राखिएको छ । उनलाई आइतबार बिहानै अस्पतालमा भर्ना गरिएको थियो ।

डाक्टर युवराज शर्माका अनुसार उनलाई केही दिन अगाडिदेखि सञ्चो थिएन । शनिबार पुल्चोकको सुमेरुमा स्वास्थ्य जाँच गरेर फर्किए पनि राति पुनस् ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो ।

डा शर्माका अनुसार सीताको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । इन्फेक्सन हुने डर भएकाले पनि आइसियुमा राखिएको हो । ‘राम्रो केयर हुन्छ भनेर आइसियूमा राखिएको हो’, शर्माले भने, ‘भेन्टिलेटरमा राखिएको हैन । ज्वरो आएको २४ घण्टा भइनसकेकोले भाइरल हो कि भनेर भन्न सकिँदैन ।’

शर्माका अनुसार पुरानो नशाको बिरामीको कारण सीता पहिलेदेखि कमजोर छिन् । उनलाई चिसोले दुस्ख दिएको छ । ‘अहिले एण्टिबायोटिक र अरु औषधि चलाइरहेका छौँ । ठीक हुन कतिञ्जेल लाग्छ र कस्तो हुन्छ एक दुई दिनमा थाहा हुन्छ,’ शर्माले भने,’ तर डराउनुपर्ने अवस्था छैन ।’

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार