टोकियो । आर्थिक अवस्था कमजोर तथा जेहेन्दार बालबालिकालाई शिक्षाको पहुँच पुर्याउन म्याग्दी प्रवासी नेपाली संघ जापान (मोना) ले मोना साँझ गर्ने भएको छ ।
जापानमा रहेका म्याग्देलीको साझा संस्था मोना जापानले चरम गरिबीका कारण शिक्षादिक्षाबाट बन्चित भएका बालबालिकाको आधारभुत आवश्यकता पुरा गर्न आगामी अप्रिल २९ गते जापानको गोल्डेन वीकको अबसर पारेर म्याग्देली सहित नेपाली कलाकारको उपस्थितमा नाकानो जेरो हलमा ‘मोना साँझ ‘ कार्यक्रम गर्ने तयारी गरिएको मोना जापानका महासचिव गणेश श्रेष्ठले बताए ।‘साँझको तयारी भइरहेको छ,‘गरिबीका कारण शिक्षादिक्षाबाटै बन्चित भएका बालबालिकाको शैक्षिक भविस्य सुनिश्चित गर्ने अभियानमा नेपालीको सहयोगको अपेक्षा गरेका छौ’ उनले भने । साथै ‘मोना साँझ’ को संयोजकत्वमा एशिया प्यासफिक सयोंजक ददिवल खड्कको संयोजकत्वमा विभिन्न उपसमिति बनाइने बताईएको छ ।
संयोजक खड्काले कार्यक्रम तय भएकाले कुनैपनि कार्यक्रमलाई सोही दिनमा नपारीदिन अनुरोध गदैं शिक्षा जस्तो अति आवश्यकताको दायरामा समेत नपुगेका बालबालिकालाई आफ्नो क्षमता अनुसार सहयोगको अपिल समेत गरेका छन्। मोना साँझको तयारीसंगै विभिन्न उपसमिति तयार गरिने मोना जापानका अध्यक्ष दिपक कार्कीले बताए । उनले जापनामा रहेका क्षत्रीय समिति सहित पहुँचमा रहेका म्याग्देली सहित नेपालीलाई विभिन्न माध्यमबाट निमनत्रणा गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




