काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारका तीन सदस्य बिरामी परेका छन्। दाहाल सहित उनकी पत्नी सीता र  बुहारी खानेपानी तथा सरसफाईमन्त्री बीना मगर पनि बिरामी परेका हुन्।

अध्यक्ष प्रचण्ड पत्नी दाहाल बिरामी परेपछि दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । मन्त्री मगर हिजो मात्रै अस्पताल भर्ना भएकी छिन्।

भाइरल ज्वरोका कारण उनीहरु बिरामी परेका हुन् । अध्यक्ष पत्नी सीता र बुहारी समेत रहेकी मन्त्री मगरको ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको  छ । प्रचण्ड भने चिकित्सकको सल्लाहबमोजिम निवासमा आराम गरिरहेका छन्। सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन्।

चिकित्सकले उनलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार