टोकियो । सायद, तपाईलाई थाह होला जापान मात्र एउटा त्यस्तो मुलुक हो, जहाँ अस्लिल पत्रिका तथा  म्यागजिनहरु कन्भिनियन्स स्टोरहरुमा खुलम खुल्ला बेच्न राखिएको हुन्छ । र मानिसहरुले ति अस्लिल पत्रिका तथा म्यागजिनहरु अन्य सामान्य दैनिक उपभोग्य सामग्रीहरु जस्तै सहजरुपमा किन्ने गर्दछन् । 

 तर, अब भने, जापानमा पनि ‘अस्लिल म्यागजिनहरु कन्भिनिन्स स्टोरहरुमा पनि पाईन्थ्यो रे ‘भनेर केबल ईतिहासमा सिमित हुनेभएको छ । कारण जापानका मूख्य तिन कन्भिनियन्स स्टोरहरु, सेभेनईलेवेन, लसोन र फ्यामिलीमार्टले, आगमि अगस्टदेखि त्यस्ता पत्रिका तथा म्यागजिनहरु नबेच्ने भएका छन् । उनिहरुले, निकट भविष्यमै हुन गईरहेको रग्बि वर्डकप, टोकियो ओलम्पिक्स तथा प्यारालम्पिकस्मा भित्रिन् विदेशी पर्यटकहरु समक्ष राम्रो छवी प्रस्तुत गर्ने भन्दै से निर्णय गरेका हुन् । 

लसोनले ओकिनवामा रहेका आफ्ना स्टोरहरुमा २०१७ नोभेम्वरदेखिनै विक्रि नगरेको जनाएको छ । जापानमा सेभेनईलेवेनका २० हज्जार, लसोनको १४ हजार तथा फ्यामिलीमार्टको १६ हजार कन्भिनियन्स स्टोरहरु रहेका छन् । 

यसले, त्यस्ता म्यागजिनहरुको व्यापारमा गिरावट आउने भएता पनि अन्तर्राष्ट्रिय पर्यटकहरुमा जापनको छवी सकारात्मक बन्ने उनिहरुको ठम्याई रहेको छ । 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार