काठमाडौं, ११ माघ । पाँचथर फलैँचा गाउँपालिका रविन कुमार चिमोरिया काठमाडौं प्रहरीको हिरासतमा छन् । उनको व्यवहारले प्रहरीलाई आश्चर्यमा पारिदिएको छ । अरु अभियुक्त समातिएपछि बयान फेर्छन् । तर चिमोरियाले भने सधैँ सही बताउँछन् ।
चिमोरियाविरुद्ध ६ अभियोग प्रहरीमा दर्ता छन् । दुई जबरजस्ती करणी, तीन ठगी र एउटा चोरी मुद्धा उनीमाथि लागेका छन् । तर जबरजस्ती करणी बाहेक अन्य अभियोगलाई सहजै स्वीकार्छन् उनी ।
सुरुमा चिमोरियाविरुद्ध दाङकी एक महिलाले उजुरी दिएकी थिइन् । पछि अनुसन्धान गर्दै जाँदा उनका थप आपराधिक गतिविधि बाहिरिएका हुन् । आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार