काठमाडौं, १२ माघ । वर्षासँगै उच्च पहाडी क्षेत्रमा हिमपात भएर चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । यद्यपि हिमपातले बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी छन् ।
हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको हो । मार्तडी–कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ भने आवतजावत पनि रोकिएको छ । सो क्षेत्रमा चार–पाँच फिटसम्म हिउँ जमेकाले हिँडडुलमा समस्या भएको र बाटो पूर्णरूपमा बन्द भएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
यसैगरी बाजुराको कोल्टी क्षेत्रका बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामिकार्तिक खापर र हिमाली गाउँपालिकामा सञ्चार सुविधा विच्छेद भएको छ ।
पर्वतमा पनि हिमपात
पर्वतका उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेपछि जनजीवन प्रभावित बनेको छ । शुक्रबार साँझदेखि जिल्लाको जलजला गाउँपालिकाको लेखफाँट, शालिजा, बाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकमा तीन फिट बाक्लो हिउँ परेको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
वर्षासँगै भएको हिमपातले उपल्लो बस्तीका हिउँदेबाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ । यद्यपि चिसोले जनजीवन भने प्रभावित भएको छ । चिसो बढेपछि यो सातामा मात्रै रुघाखोकी, निमोनिया ज्वरोलगायतका बिरामीको संख्या हृवात्तै बढेको पर्वत जिल्ला अस्पतालले जनाएको छ ।
बाग्लुङमा पाँच वर्षपछि हिमपात
बागलुङको काठेखोला गाउँपालिका(४ बिहुँ दहपानी र आसपासमा पाँच वर्षपछि हिमपात भएको छ । बिहुँ, ठानडाँडा, शिवालय, घोडाबाँधे, कर्लेम, लेखानीलगायतका गाउँ हिउँले सेताम्ये देखिएका छन् ।
काठेखोला गाउँपालिका–४ का वडा सदस्य शिवलाल कँडेलले पाँच वर्षपछि हिउँ परेको जानकारी दिए । स्थानीयबासी र घुम्न आएका पर्यटकहरु बिहानैदेखि हिउँ खेलेर रमाएका छन् । यस्तै गुल्मी जिल्लाका उच्च स्थानमा पनि हिउँ परेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




