‘वेरोजगार युवालाई निःशुल्क खाडि राष्ट्रपठाउने रे सरकारले ! अनि वैदेशिक रोजगारीका लागि राम्रो गन्तव्यका देशहरू खोज्दै छ सरकारले’ – यि मैले पढेको आजका समचार हुन् । हुन सक्छ अन्य दिन अन्य धेरै राम्रा कामहरूको पनि समचार बनिरेहेका होलान् । तर सरकारले राम्रो मानेर गरेका यि कामले कस्तो प्रभाव पार्छ त ? यसको लागि पुरा लेख पढ्नुहोस् ।
दुईतिहाई बहुमतको अहिले सम्म कै शत्तिशाली सरकार हो । यो सरकारले जे चाहना गर्यो त्यहि काम गर्न सक्ने सरकार हो । जस्तो कानुन बनाउन चाहना गर्यो त्यस्तै कानुन बनाउन सक्ने सरकार हो ।तर सरकारको ५ वर्षको समय अवधिको १ वर्ष सकिन लाग्यो त्यति सन्तोष जनक कामहरू गर्न सकेको छैनन् । यसको कारण हुन सक्ला नयाँ प्रणालीमा गएकोले विभिन्न कानुन र अन्यव्यवस्थाको जग निर्माण गर्नुपर्ने भएकोले जनताले चाहेको विकास गर्न नसकेको ।सरकारका योजनामा परेका काम मध्ये २वटा काम बारे केहि चर्चा र विश्लेषण गर्न चाहन्छु ।
वेरोजगार भत्ता र नि:शुल्क वैदेशक रोज़गार बारे
तर म लगायतका हामी विदेशमा भएका युवा चाहन्छौ बेरोज़गार लाई भत्ता हैन , अझै पनि वेरोजगार युवालाई निशुल्क खाडी र मलेशिया पठाउने हैन सरकार , अब राम्रो रोजगारीको गन्तव्य को नाममा कुनै देश पठाउने हैन । “ए सरकार ए मंत्रीज्यू त्यो भत्ता दिने पैसाले सिप मुलक तालिम देउ , व्यवसायिक ज्ञान देउ , अनि तालिम पछि व्यवसाय गर्नेलाई विनाझन्झट सहुलियत ऋण उपलव्ध गराउ , स्वरोज़गार बन्न तर्फ उत्प्रेरणा गराउ , सिप भएकालाई सम्बन्धित क्षेत्रमा रोजगारी देउ नभएकालाई सिप देउ तर भत्ता नदेउ । “तिम्रो भत्ताले बेरोज़गार युवा झन निस्कृय बन्ने छन् भने अर्कोतर्फ भत्ताको नाममा करोडौँ रूपयाँ खर्च हुने छ र राष्ट्रको ढुकुटी रित्तिने छ। एउटा युवा निस्कृय बन्यो भने त्यसको असर सो,युवा, समाज र राष्ट्रलाई हुनेछ । त्यसैले युवालाई निस्कृय हैन सक्रिय बनाई सृजनात्मक कामतर्फ उत्प्रेरित गरि राष्ट्रनिर्माण गर्ने अग्रगामी र दीर्घकालीन काम गर । तिम्रो यो वेरोजगार लाई भत्ता कार्यक्रमबाट ख़ास बेरोज़गार युवा लाभान्वित हुनै सक्दैनन र दीर्घकालीन समाधान पनि वन्न सक्दैन । किनकि ३५/४० वर्ष सम्म कलेजको गेटमा र नेताको ढोका चार्दै वसेका बुढा-वेरोजगारहरू धेरै छन ति चाहि लाभान्वित होलान् । त्यहि भएर अहिले सरकारलाई बधाई भन्दै खुसियाली मनाउदै छन ।
हामी विदेशिएका युवालाई थाहा छ विदेशको वास्तविकता ,विदेश के हो र कति गाह्रो हुन्छ भनेर त्यसैले अब हामी थप दाजु भाईलाई विदेश बोलाउन चाहन्नौ , थप दाजु भाईलाई चन्दा उठाएर रातो बाकसमा नेपाल फर्काउन चाहन्नौँ ।यदि मर्नु परे पनि देशको विकास निर्माणगर्दा आफ्नै देश कै माटोमा मर्न चाहन्छौँ।
हामी चाहन्छौँ देश भित्र नै रोजगारी शृजना गर्न । हामी आतुर छौँ देश फर्कन र देशमै केहि गर्न । हाम्रो युवा अबस्था विदेशिभूमिमा विताउने र बुढो भएर देश फर्कने हाम्रो चाहाना पक्कै हैन यो वाध्यता हो ।आमाको काख ,परिवारको साथ र मातृभूमीभन्दा टाढा आउने रहर पटक्कै हैन । त्यसैले अब यो वैदेशिक रोजगारमा पठाउने काम लाई बन्द गराउ । अनि विदेशमा भएका युवाले पठाएको रेमिट्यान्सले देश चलाउने सपनाबाट मुक्त बन । बरू हामी देशको लागि यतिसम्म गर्न सक्छौँ यदि सरकार असल नेतृत्व र कुशल व्यवस्थापक चयन गरी देशमै रोजगारीका अवसर सृजना गर्ने , १ रूपयाँ भ्रष्टचार नगर्ने बाताबरण बनाउने हो, साच्चिकै देश विकास र आर्थिकविकास गर्ने अठौट गर्ने हो , राष्ट्रको स्वार्थको लागि काम गर्ने वातावरण मिलाउने हो , योजना वनाउने हो भने , “हामी विदेसमा भएका ५० लाख नेपालीले १ /१ लाख राष्ट्र निर्माणको लागि अनुदान दिन तयार छौँ । तर थपयुवा विदेश बोलाउन असमर्थ छौँ । “
सरकारले उचित वातावरण निर्माण गरे हामीले सिकेको ज्ञान सिप लिएर फर्केन्छौ र बेरोज़गार युवालाई सिप सिकाउछौँ ।लगानी गर्छौँ र राष्ट्र निर्माण गर्छौँ ।
अन्तमा सरकारलाई पुन एकपटक आग्रह गर्छु वेरोजगार युवालाई भत्ता हैन , सिप सिकाउ र रोजगारी देउ , थप युवालाई निशुल्क विदेश हैन देशभित्रै रोजगारी दिलाउ । प्रधानमन्त्री रोज़गार कार्यक्रम फाल्गुन १ गते घोषणा हुँदै छ यहि दिन घोषणा गर सरकार विदेश पठाउन रोक्ने निर्णय , बेरोज़गारलाई सिप सहित रोज़गार र विदेशमा भएका युवालाई स्वदेश फिर्ताको आह्वान् ।
( मदन चापागाई, हाल टोकियोमा एक जापानी कम्पनीमा कार्यरत छन् )
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




