वेरोजगार युवालाई निःशुल्क खाडि राष्ट्रपठाउने रेसरकारले ! अनि वैदेशिक रोजगारीका लागि राम्रोगन्तव्यका देशहरू खोज्दै छ सरकारले’ – यि मैलेपढेको आजका समचार हुन् । हुन सक्छ अन्यदिन अन्य धेरै राम्रा कामहरूको पनिसमचार बनिरेहेका होलान् । तर सरकारलेराम्रो मानेर गरेका यि कामले कस्तो प्रभाव पार्छ त ? यसको लागि पुरा लेख पढ्नुहोस् ।
दुईतिहाई बहुमतको अहिले सम्म कै शत्तिशालीसरकार हो । यो सरकारले जे चाहना गर्यो त्यहिकाम गर्न सक्ने सरकार हो । जस्तो कानुनबनाउन चाहना गर्यो त्यस्तै कानुन बनाउनसक्ने सरकार हो ।तर सरकारको ५ वर्षको समयअवधिको १ वर्ष सकिन लाग्यो त्यति सन्तोष जनककामहरू गर्न सकेको छैनन् । यसको कारण हुनसक्ला नयाँ प्रणालीमा गएकोले विभिन्न कानुन रअन्यव्यवस्थाको जग निर्माण गर्नुपर्नेभएकोले जनताले चाहेको विकास गर्न नसकेको ।सरकारका योजनामा परेका काम मध्ये २वटा कामबारे केहि चर्चा र विश्लेषण गर्न चाहन्छु ।
वेरोजगार भत्ता र नि:शुल्क वैदेशक रोज़गार बारे
तर म लगायतका हामी विदेशमा भएका युवाचाहन्छौ बेरोज़गार लाई भत्ता हैन , अझै पनिवेरोजगार युवालाई निशुल्क खाडी र मलेशियापठाउने हैन सरकार , अब राम्रो रोजगारीको गन्तव्यको नाममा कुनै देश पठाउने हैन । “ए सरकार एमंत्रीज्यू त्यो भत्ता दिने पैसाले सिप मुलक तालिम देउ, व्यवसायिक ज्ञान देउ , अनि तालिम पछि व्यवसायगर्नेलाई विनाझन्झट सहुलियत ऋण उपलव्धगराउ , स्वरोज़गार बन्न तर्फ उत्प्रेरणा गराउ , सिपभएकालाई सम्बन्धित क्षेत्रमा रोजगारी देउनभएकालाई सिप देउ तर भत्ता नदेउ । “तिम्रो भत्तालेबेरोज़गार युवा झन निस्कृय बन्ने छन् भनेअर्कोतर्फ भत्ताको नाममा करोडौँ रूपयाँ खर्च हुने छ र राष्ट्रको ढुकुटी रित्तिने छ। एउटा युवा निस्कृय बन्योभने त्यसको असर सो,युवा, समाज र राष्ट्रलाई हुनेछ। त्यसैले युवालाई निस्कृय हैन सक्रियबनाई सृजनात्मक कामतर्फ उत्प्रेरित गरि राष्ट्रनिर्माणगर्ने अग्रगामी र दीर्घकालीन काम गर । तिम्रो योवेरोजगार लाई भत्ता कार्यक्रमबाट ख़ास बेरोज़गारयुवा लाभान्वित हुनै सक्दैनन रदीर्घकालीन समाधान पनि वन्न सक्दैन ।किनकि ३५/४० वर्ष सम्म कलेजको गेटमार नेताको ढोका चार्दै वसेका बुढा-वेरोजगारहरू धेरैछन ति चाहि लाभान्वित होलान् । त्यहि भएर अहिलेसरकारलाई बधाई भन्दै खुसियाली मनाउदै छन ।
हामी विदेशिएका युवालाई थाहा छ विदेशकोवास्तविकता ,विदेश के हो र कति गाह्रो हुन्छ भनेरत्यसैले अब हामी थप दाजु भाईलाई विदेशबोलाउन चाहन्नौ , थप दाजु भाईलाई चन्दाउठाएर रातो बाकसमा नेपाल फर्काउन चाहन्नौँ ।यदिमर्नु परे पनि देशको विकास निर्माणगर्दा आफ्नै देशकै माटोमा मर्न चाहन्छौँ।
हामी चाहन्छौँ देश भित्र नै रोजगारी शृजना गर्न ।हामी आतुर छौँ देश फर्कन र देशमै केहि गर्न । हाम्रोयुवा अबस्था विदेशिभूमिमा विताउने र बुढो भएरदेश फर्कने हाम्रो चाहाना पक्कै हैन यो वाध्यता हो ।आमाको काख ,परिवारको साथ र मातृभूमीभन्दाटाढा आउने रहर पटक्कै हैन । त्यसैले अब योवैदेशिक रोजगारमा पठाउने काम लाई बन्द गराउ ।अनि विदेशमा भएका युवाले पठाएको रेमिट्यान्सलेदेश चलाउने सपनाबाट मुक्त बन । बरू हामी देशकोलागि यतिसम्म गर्न सक्छौँ यदि सरकारअसल नेतृत्व र कुशल व्यवस्थापक चयन गरी देशमैरोजगारीका अवसर सृजना गर्ने , १ रूपयाँ भ्रष्टचारनगर्ने बाताबरण बनाउने हो, साच्चिकै देश विकास रआर्थिकविकास गर्ने अठौट गर्ने हो , राष्ट्रको स्वार्थकोलागि काम गर्ने वातावरण मिलाउने हो , योजनावनाउने हो भने , “हामी विदेसमा भएका ५०लाख नेपालीले १ /१ लाख राष्ट्र निर्माणको लागिअनुदान दिन तयार छौँ । तर थपयुवा विदेश बोलाउनअसमर्थ छौँ । “
सरकारले उचित वातावरण निर्माण गरे हामीलेसिकेको ज्ञान सिप लिएर फर्केन्छौ र बेरोज़गारयुवालाई सिप सिकाउछौँ ।लगानी गर्छौँ र राष्ट्रनिर्माण गर्छौँ ।
अन्तमा सरकारलाई पुन एकपटक आग्रह गर्छुवेरोजगार युवालाई भत्ता हैन , सिप सिकाउ ररोजगारी देउ , थप युवालाई निशुल्क विदेश हैनदेशभित्रै रोजगारी दिलाउ । प्रधानमन्त्रीरोज़गार कार्यक्रम फाल्गुन १ गते घोषणा हुँदै छ यहिदिन घोषणा गर सरकार विदेश पठाउन रोक्ने निर्णय, बेरोज़गारलाई सिप सहित रोज़गार र विदेशमाभएका युवालाई स्वदेश फिर्ताको आह्वान् ।
( मदन चापागाई, हाल टोकियोमा एक जापानी कम्पनीमा कार्यरत छन् )
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




