टोकियो । जापानमा रहेका लोकप्रिय गायक सुर्य खड्का र कोरियामा रहेकी लोकप्रिय गायिका रमिला गौतमको आवाज रहेको नयाँ गित क्या राम्री भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै टिपिकल शब्द तथा सोहि अनुसारको लय सिर्जना रहेको सो गितमा बागलुङ र पोख्रेली मायाको कुरालाई निकै उत्कृष्ट रुपमा उठाइएको छ ।

सुर्य खड्काको लय तथा शब्द सिर्जना रहेको निकै सुमधुर सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गित जति सुने पनि सुनौ सुनौ लाग्ने खालको रहेको छ ।

लोकप्रिय गायिका प्रिति आलेको अभिनयले गितलाई अझ रोचक बनाएको छ । गितमा प्रितिलाई निरु आले र अर्जुन,भिमले अभिनयमा साथ दिएका छन ।

गितको म्युजिक भिडियोलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन । गित सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायक सुर्य खड्काले गितले सबैको मन जित्नेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार