टोकियो। जापानका आफ्नै विभिन्न विशेषताहरु छन् । जसले गर्दा यो मुलुक संधै विश्वको नजरमा परिरहन्छ ।प्रविधि/  विकास / अनुसाशन / लगन र ईमान्दारिता  लगायतका कुराहरु जापानको साँच्चै अनुकरणिय छन् । त्यसका अलवा आज केहि चिजको जानकारी गराउँदै छु , जस्ले जापानलाई थप विशेष बनाईदिएको छ । 

१.भेन्डिङ् मेसिन(自動販売機)

जापान भेन्डिङ मेसिनका लागि विश्वभर प्रख्यात छ । सामन्यत, पेयपदार्थहरु राखिने यस्ता भेन्डिङ् मेसिनहरुमा, जापानमा भने, फ्रेस खाना, फलफुल, तरकारी, छाता, चुरोट,किताब, पत्रपत्रिका लगायतका विभिन्न सामानहरु खरिद गर्न सकिन्छ । जापानमा यस्ता अटोमेटिक भेन्डिङ् मेसिनहरु ६० लाख भन्दा बढि रहेका छन् भने वार्षिक ५ ट्रिलियन येनको कारोबार हुनेगरेको छ । 

२.नेम प्लेट  ( 名札)

जापानमा, व्यक्तिगत प्रयोजनको घरहरुमा ढोकामा घरमालिकको नाम लेखिएको प्लेट राख्ने गरिन्छ । जसले गर्दा यो घर कस्को भनेर सोधिराख्नै पर्दैन । तर यो चलन अन्य मुलुकमा खासै छैन । र यसरी नाम लेखेर राख्ने चलनको व्यापकता चाहीँ सन १९२३ तिरबाट बढेको हो भनिन्छ । 

 

३.क्याप्सुल होटल 

क्याप्सुल होटल, जापानको विशेष होटल हो जहाँ सस्तोमा आरमदायी र सुरक्षित सेवा उपयोग गर्न सकिन्छ । भनिन्छ, सन १९७० मा, किसो कुरोकावा भन्ने आर्किटेक्टले , ओसाका वल्डफेयरमा पहिलो पटक   डिजायन गरेका हुन् । 

४.लभ होटल

जापानमा मात्र पाईने अर्को चिज लभ होटलहरु पनि हुन् । लभ होटल – जहाँ जोडीहरु गोपनियता कायम गरी एक अर्कामा रमाउन सक्छन् । अझ भनौँ मन मिल्ने केटा र केटी घण्टाको आधारमा समय बिताउन सकिने होटलहरु हुन् । जहाँ नेपाल अथवा अन्य मुलुकमा जस्तो प्रहरीले छापा मार्ने तथा गोपनियता भंग हुने सम्भावना नगन्य हुने गर्दछ । यस्ता होटलहरुमा ग्राहक आफैँले डिस्प्लेमा हेरेर कोठा छान्न सक्छन् ।साथै पैसा तिर्न तथा चाबी लिन पनि कर्मचारीहरुसंग कुराकानी गर्नुपर्दैन । जसले गर्दै त्यहाँ जाने ग्राहकहरुले आफ्नो गोपनियता कायम रहेको महशुस गर्न सक्दछन् ।

५.सित्तैमा बाडिने टिस्यु पेपर 

जापानमा, विभिन्न बाटो तथा चोकहरुमा सित्तैमा टिस्यु बाडिरहेको भेटिन्छन् । सबै कुरा महंगो हुने ठाउमा टिस्युपेपर चाहीँ सित्तैमा प्रयोग गर्न सकिन्छ । त्यसो त ति टिस्युहरुमा विभिन्न कम्पनिहरुले आफ्नो विज्ञापन लेखिएको कागज राखेका हुन्छन् । यसो भनौ टिस्युको माध्यमबाट विज्ञापन गर्ने चलन छ । जापानमा  वार्षिक ५ बिलियन प्याकेट भन्दा बढी  टिस्युहरु उत्पादन गरिन्छ भने झण्डै १ बिलियन डलरको कारोबार हुनेगर्दछ ।

६ वेट टावल  ( भिजाईको टावल) おしぶり

जापानका अधिकाँस रेस्टुरेन्टहरुमा गएर बसेपछि पहिले भिजाईएको टावल( वेट टावल) दिईने गरिन्छ । जस्लाई जापानी भाषामा ओसीबुरी ( おしぶり) भन्ने गरिन्छ । जसले हात तथा मुख पुछेर फ्रेस बन्न सकिन्छ । यस्ता ओसिबुरी मौसम अनुसार तातो तथा चिसो हुनेगर्दछन् ।

 

७.खोताचु 

जापानमा जाडो समयमा खोताचु प्रयोग गरिन्छ । यो हिटर जडान गरिएको टेवल हो । जहाँ टेबलको तल्लो भागमा हिटर जिडिएको हुन्छ भने माथिबाट ढाक्ने बाक्लो शिरक जस्तो कपडा हुने गर्दछ । यो परम्परागत जापानी हिटर हो । हिजोआज  तुलनात्मकरुपमा कमै प्रयोग हुनेगर्दछ । 

Ko

 ८.पकेट हिटर ( カイロ) 

जापानमा जाडो मैसममा, एक पटक मात्र प्रयोग गर्न मिल्ने पकेट हिटर पाईन्छ । जसलाई जापानी भाषामा खाईरो ( カイロ) भनिन्छ । खाईरो केमिकल वार्मर हो । यो पसलहरुमा प्याकेटमा पाईन्छ । यो कपडामा टास्न मिल्ने तथा हातमा लिई तातोप्राप्त गर्न मिल्ने खालका हुन्छन् । एउटा खाईरो शरीरको कुनैभागको कपडामा टाँसेपछि ६/७ घण्टासम्म पनि तातो दिईरहने खालका हुन्छन् । 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार