समाजसेवा कुनै जात,धर्म,भूगोल र लिङ्गलाई हेरेर गरिदैन। यो त निष्कपट,लोभ,भय,कामुकता र प्यास बाट मुक्त भएर पबित्र हृदयले समाजलाई पुगाउने योगदान हो। समय र परिस्थिति अनुकूल मिलाएर विभिन्न मान्छे सामाजिक कार्यमा होमिन्छन। सबैलाई समाजले बिश्वास गर्न सक्दैन । समाजले बिश्वास गरिहाले पनि स्वांयम व्यक्ती दिगो नहुनसक्छ। यावत चुनौतीका बिचमा सामाजिक परोपकार कार्यमा पछिल्लो समय देखिएको चिरपरिचित अनुहार हो,समाजसेवी पत्रकार “सिधाकुरा जनता संग कार्यक्रम” प्रस्तोता आदरणीय व्यक्तित्व रबि लामिछाने ।जस्को नेतृत्वमा सप्तरीको मुसाहर बस्ती निर्माणको सफल समाप्ति संग यतिबेला देशकै बिकट क्षेत्र कर्णाली कालिकोटको रास्कोटमा गैर नाफा मुलक सामुदायीक अस्पताल निर्माणमा उहाँ लगाएत उहाँको सिङ्गो टिम जुटि रहेको छ । जहाँ राज्यको आँखा बिकासका निमित्त आजसम्म परेको छैन। यो पबित्र र महापुण्यको कार्यमा कर्णाली क्षेत्र बासी मात्रै नभइ सम्पुर्ण नेपाली मन एक ठाउँमा उभिएर ‘सयौं थुङ्ग फुलेका हामी एउटै माला नेपाली सार्वभौम भइ फैलिएका मेची महाकाली ‘हाम्रो राष्ट्रिय गान गाउदै सम्पन्न गर्नुपर्ने बेला आएको छ,सार्थक्ता दिनुपर्ने बेला आएको छ।
कर्णालीको परिचय यावत तरिकाले दिन सकिन्छ।राजधानीले कर्णालीलाई देख्दैन,हेर्दैन,हेर्ने कोशिस सम्म गर्दैन ।त्यसैले आज कर्णाली जननिजन्म भूमिमा टुहुरो जस्तै भएको छ।१६वर्षे उन्मात भरिएको जवानीमा पनि बिधुवा आईमाईले झैँ माया,आकर्षक,सद्भाव,ममता र समानता खोजिरहेको छ। हुदाहुदै पनि रित्तो छ।औषत आयु देशको भन्दा फरक छ।सुत्केरी व्यथा पुर्वजन्मको सराप ठान्छन।कुपोषण जन्मजात पाएको बरदान।स्कुल आधारभूत आवस्यकता भित्र पर्दैन। बिराम हुँदा धामी, झाक्री र बैद्य बाहेकको अर्को उपाय मृत्यु हो । राज्यले दिने स्वास्थ सेवा सुबिधामा पुग्ने पहुँचको कुरा छोडौं।जीवनजल र सिटामोल आजसम्म निशुल्क हैन,शुल्क तिरेर पनि किन्दा पाइदैन। झाडापखालाले ज्यान लिन्छ।
यो दर्दनाक र दयनिय अबस्थालाई राज्यले आज पनि पहिचान गर्न सकेको छैन । तर कर्णाली बासीले परिवर्तनका लागी राज्यका निमित्त बेलाबेला ज्यानको बलिदान दिदैआए। हुन त यस्तो आम जनताको संबेदन्शिल स्वास्थ्य सेवा र अन्य आवश्यक आधारभूत भौतिक संरचना र बिकास निर्माणको काम सरकारको हो। अब यो क्षेत्रलाई परिवर्तनको स्वाद चखाउने जिम्मा राज्यको काँधमा मात्रै नसुम्पी, राज्यले बेवास्ता गर्यो भनेर वा गरेन भनेर हामी पनि चुप नबसी तपाई , म र मिलेर हामी भइ हातेमालो गर्नुपने बेला आएको छ। हामी नगारिकको दायित्व र नैतिक जिम्मेवारी पनि बहन गर्ने बेला आएको छ। यी यस्ता अभियान र सामाजिक कार्यले राज्यलाइ पनि सघाउने र सकारात्मक तवरमा रचनात्मक काम गर्दै राज्यलाई खबरदारी र दबाबको पनि सृजना भइरहेको हुन्छ। यतिबेला रास्कोट समुदाय अस्पताल कालागि परदेशमा रहेका नेपाली राष्ट्रप्रेमी मनहरुले व्यापक नैतिकता र आर्थिक सहयोग संकलन गरि रहेका छ। जुन युके,अमेरिका,जापान ,कोरिया,ओमन लगाएत अन्य मुलुकमा तिब्र भइ रहेको छ। आर्थिक सहयोग अस्पताल निर्माणको मेरुदण्ड हो।नैतिकता साथ र समर्थन आत्मबल र उर्जा । भनिन्छ,’सय थुकी नदि एक थुकी सुकि ‘ एकता नै बल हो । हिमाल दुख्दा पहाड र तराई ले सेकनु पर्छ,तराई डुब्दा पहाडीले छेक्नुपर्छ। हैन भने देश भक्ती छैन हाम्रो छातिभित्र यो गीत भनिए झैं हामी बेलाबेला देशमा देखिएका चुनौती समाधान गर्ने गरेका छौं । स्वस्थ्य राम्रो भयो भने हामी सक्षम हुन्छौं ।हामी सक्षम हुनु भनेको परिवार खुसी हुनु हो। परिवारको खुसी पछि हामीले दिन योगदान राज्यलाई नै हो। अहिले कर्णाली बासी स्वास्थ सुबिधामा आफ्नो पहुँच पुगाउन सकेको छैन भने आम राज्यमा सुबिधा सम्पन्न डिजिटल अस्पताल गाउँ,टोल,छर्छिमेकमा नहुदा बिदेशमा गएर उपचार गर्न नसक्दा धेरैको ज्यान गहि रहेको छ। हाम्रो यस्तो डरलाग्दो अवस्थाका बिचमा तपाई र म हामी हुदै निर्माण हुन गएको रास्कोट अस्पताल पुर्णरुपले निर्माण पछि तपाई हामी पहुँच ,पावर र पैसा नहुनेहरु देश भित्र उपचार पाउनेछौं भने कर्णाली बासिले पनि लोकतान्त्रिक गणतन्त्र ल्याउन गरेको युद्ध अन्य समय बेलाबेला गरेको बलिदानका घाउमा मलहम लाउने छन।आउनुहोस्! बिश्वभर छरिएर रहनु भएका मनकारी राष्ट्रप्रेमी नेपाली मनहरु दिन दु:खी कर्णाबासिहरुमा खुशी छर्न सत्कर्मको बाटोमा एकजुट भइ लागौ।
भोजराज घोडासैनी
सुर्खेत
हाल दक्षिण कोरिया
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




