मलाई जापानका विभिन्न कुराहरु साँच्चै अचम्म लाग्छन् । फुर्सदको समय तथा फुर्सद निकालेरै भएपनि ईन्टरनेट तथा सम्बन्घित स्थानहरुमा गएर ति आफुलाई अचम्म लागेका चिजहरुको जिज्ञासा मेटाउने गर्दछु । यस्तै क्रममा, मलाई गत वर्षदेखि लागेको एउटा जिज्ञासाको बारेमा केहि अध्यान गर्ने अवसर पाएँ र त्यसको केहि सार यहाँहरुको माझमा प्रस्तुत गर्दैछु । 

जापानमा गत वर्षको सेप्टेम्बर  महिनामा, अभिनेत्री किरिन किकिको अन्त्यस्टी समारोहमा सजाईएको सेतो रंगको पुष्प आर्टले निकै चर्चा पायो खास गरी जापानी समुदायमा, कारण एक त किरिन किकीको निधन नै चासो लिनेहरुका लागि ठुलो चर्चाको विषय थियो भने उनको अन्तेस्टीमा सजाईको फूल पनि मानिसहरुको आँखामा पर्यो । कारण त्यो निकै आकर्षक र ठूलो थियो । जुन तलको चित्रमा हेर्न सक्नुहुनेछ । 

७५ वर्षको उमेरमा क्यान्सरको कारण निधन भएकि किरिन किकिको दाहसंस्कारमा, १२ सय थुंगा, Chrysanthemums( गोदावरी ) Orchid ( सुनाखरी) तथा gypsophila ( एक प्रकारको सेतो फूल) लगायतका फूलहरुले सजाईको थियो । जो समुद्री छालको आकारमा तयार पारिएको थियो । 

फूल एकमात्र त्यस्तो चिज हो, जुनसुकै मुलुकका मानिसहरु पनि, जन्म देखि मृत्युसम्मका हरेक कृयाकलापहरुमा प्रयोग गर्दछन् । त्यसमा पनि जापानी संस्कारमा यसको महत्य अझ धेरै रहेको पाईन्छ । त्यसैले मृत्यु संस्कारमा यस किसिमको फूलको सजावट गर्नु जापानी संस्कारभित्रको एउटा पाटो हो । फूलको यो सजावटलाई,  ईकिकासाईदान( 生化祭檀) को नामले चिनिन्छ । यसलाई शाव्दिक रुपमा, ताजा फूलहरुले सजाईएको टेबल ( ट्रे) भनेर बुझ्दा हुन्छ । यो  सामान्यत छाल ( Wave) को आकारमा हुन्छ । किनकि  जापानी समुदायमा छाललाई शक्तिको  प्रितिकका रुपमा मान्ने गरिन्छ । खासमा मृत्युसंस्कारमा सेतारंगका फूलहरुको प्रयोग गरिने संस्कार छ । यद्यपी आजकाल अन्य विभिन्न रंगका फूलहरुको पनि प्रयोग गर्ने गरेको पाईन्छ । 

जापानमा यो,  अहिले आएर केबल संस्कार मात्रै नभएर करोडौँको कारोबार पनि हो । यस्ता फ्लावर एरेन्ज गर्ने थुप्रै  कम्पनिहरु छन् जहाँ हज्जारौँ मानिसहरुले रोजगारी पाएका छन् । 

सन २००६ मा, खुलेको व्युटी खादन ( Beaty Kadan) ले पहिलो पटक व्यवसायीक सेवा दिन थालेको बताईन्छ । जुन कम्पनी अहले टोकियो स्टकमा पनि सुचिकृत छ । तर त्यो भन्दा अगाडि पनि अन्य फूल कम्पनीहरुले यस्ता सेवा दिने गरेका थिए । हाल यस्ता थुप्रै कम्पनीहरुले यो सुविधा दिने गर्दछन् । 

हेर्नुहोस् यि तस्बिरमा आकर्षक ईकिखासाईदान( 生化祭檀) हरु

(यो सामग्री ईन्टरनेटमा राखिएका विविध ब्लग तथा जापानी हरुसंगको प्रत्यक्ष कुराकानीका आधारमा तयार पारिएको हो – सम्पादक)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार