काठमाडौँ । चर्चित लोक गायक पशुपति शर्माको विवादित ‘लुट्न सके लुट कान्छा’ भन्ने बोलको गीतको विषयले सडकदेखि सदनसम्म तताएको छ । बिहीबार आफ्नो युट्युबमा अपलोडमा गरेको सो गीत शुक्रबार स्वयम् गायक पशुपति शर्माले हटाएपछि सडकदेखि सदनसम्म तताएको हो । सत्तारुढ दलको धम्कीका कारण गायक शर्माले युट्युबबाट हटाएको भन्दै सरकारको कडा आलोचना भइरहेको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले गायक शर्मालाई आफ्नो फागुन महिनाको पारिश्रमिक मध्येबाट २५ हजार दिने घोषणा गरेका थिए । उनको सो घोषणाको प्रतिउत्तर दिँदै सत्तारुढ नेकपाका सांसद झपडबहादुर रावलले पशुपति शर्माको सो गीत पूरै गाएमा आफूले सांसद सिंहलाई फागुन महिनाको पूरै तलब नै दिने घोषणा गरे ।

यसै विषयलाई चर्चित गायक प्रमोख खरेलले सांसदहरुलाई गीतमाथि राजनीति नगर्न आग्रह गरेका छन् । उनले आफ्नो क्षेत्रको काम गर्न आग्रह गर्दै अन्यथा यस्ता गीत बन्न नपरोस भन्दै चेतावनी दिए ।

सामाजिक सञ्जाल ट्वीटरमा गायक खरेलले लेखेका छन्, ‘पशुपति शर्मा लाइ २५००० दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा १ महिनाको तलब दिने सत्ताधारी सांसदलाइ अनुरोध । त्यो पैसा आफ्नो क्षेत्रका विकासमा थप्नुस , जनताका लागि काम गर्नुस ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस्, त्यसैले कर्म गर्नुस, गीत माथि राजनीति नगर्नुस।’

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार